Comments Add Comment

‘लप्पन छप्पन २’ बन्ने, दयाहाङ, सौगातदेखि सुरविनासम्म पर्दामा

चलचित्र ‘लप्पन छप्पन २’को घोषणा भएको छ । निर्देशक मुकुन्द भट्टले फेसबुकमा पोष्टर सार्वजनिक गर्दै चलचित्र निर्माणको घोषणा गरेका हुन् । यो चलचित्रको सिक्वेलमा नायक दयाहाङ राई, सौगात मल्ल र अर्पण थापा मुख्य भूमिकामा रहनेछन् । जो चलचित्र ‘लप्पन छप्पन’को पनि मुख्य कलाकार थिए । यस्तै, चलचित्रमा नायक अनुप विक्रम शाही, नायिका सुरविना कार्कीको पनि मुख्य भूमिका रहनेछ । चलचित्रमा देवकुमार, श्रृजना सिना लगायतलाई पनि देख्न सकिनेछ ।

आउँदो बर्षको महाशिवरात्रीमा रिलिज गर्ने तयारीका साथ घोषणा गरिएको चलचित्रलाई चिजकुमार श्रेष्ठ र प्रजापति सिवाकोटीले लगानी गर्नेछन् । प्रकाश कुँवर र निर्मल कुमार मिश्र यसका कार्यकारी निर्माता हुन् । चलचित्रको कथा, पटकथा तथा संवादमा मुकुन्द भट्टको साथमा अमित शर्मा र विवेक पाण्डे छन् । पुरुषोत्तम प्रधानको छायांकन रहने चलचित्रलाई सुरेन्द्र पौडेलले सम्पादन गर्नेछन् ।

२ बर्षपछि चलचित्रमा फर्किएकी नायिका सुरविना कार्कीले दर्शकलाई गर्व हुनेगरि काम गर्ने बताइन् । उनी, हाल मुम्बइमा रहेर मोडलिङमा व्यस्त छिन् । उनले अभिनय गरेको पछिल्लो चलचित्र ‘लुकामारी’ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment