Comments Add Comment

कलेजका विद्यार्थीसँग सलिनको सेल्फी र डान्स

चलचित्र ‘यात्रा’लाई लिएर नायक सलिनमान बनियाँ गम्भिर देखिएका छन् । उनले, यसपटक प्रमोशनको कुनै पनि कसर छाडेका छैनन् । होली होस् या कलेज टुर, उनको उपस्थिती बलियो देखिएको छ । यसैक्रममा उनी चलचित्र प्रमोशनका लागि हातिवनमा रहेको लिटल एन्जल्स कलेजमा पुगेका छन् ।

एलए कै तेस्रो वर्षमा अध्यनरत विधार्थीको आयोजना भएको ‘एलए कल्चर फेस्ट २०१९’ को समापन समारोहमा सलिन आफ्नो टिम सहित पुगेका थिए । सलिनसँगै डेब्यु नायिका मलिका महत , नायक सलोन बस्नेत , जान्हवी बस्नेत , प्रेक्षा बज्राचार्य , रेअर राई , विशाल कटवाल लगायतले उक्त फेस्टका विनरलाई प्राइज वितरण गर्दै चलचित्रको बारेमा जानकारी गराएका थिए । साथै उनीहरुले चलचित्रमा समावेश ‘चट्ट रुमाल’मा डान्स समेत गरे ।

सलिनसँग फोटो खिच्नका लागि कलेजका विद्यार्थीहरुमा उत्साह पनि गज्जबको देखिएको थियो । सलिनले नेपाली चलचित्रलाई माया गर्न र चलचित्र हेरेर प्रतिक्रिया दिन विद्यार्थीहरुलाई आग्रह गरे । नायक सलोन बस्नेतले कार्यक्रममा चलचित्रको संवाद बोलेका थिए ।

कोटकी कालिका देवीफिल्मस् प्राइभेट लिमिटेड , क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण भएको चलचित्रमा केशव भट्टराईसँगै चिज कुमार श्रेष्ठ प्रस्तुतकर्ताको रुपमा छन् भने बिक्रम पराजुली , मुक्ति तिम्सिना र राम शरण घिमिरे सह–निर्माता छन् । चलचित्रका निर्माता सुशिल पोखरेल हुन भने यसको कार्यकारी निर्माता सर्जुमान लिगल हुन् । चलचित्रलाई सम्राट शाक्यले निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment