Comments Add Comment

तीन दलले यसरी छाने ७ सय उमेद्वार (पूर्ण विवरणसहित)

१६ असोज, काठमाडौं । निकै लामो कसरत र विवादपछि राजनीतिक दलहरुले प्रत्यक्षतर्फबाट उमेद्वार छनौट गरेका छन् । छनौट भएका उमेद्वारहरुले भोलि बिहीबार देशैभरिका २ सय ४० निर्वाचन कार्यालयमा उपस्थित भएर मनोनयन दर्ता गर्ने कार्यक्रम छ ।

निर्वाचन आयोगमा दर्ता भएका १ सय ३० दलका उमेद्वारहरुको मनोनयन दर्ताका लागि निर्वाचन आयोगले निर्वाचन अधिकृतहरुलाई आ-आफ्नो कार्यालयमा खटाइसकेको छ । दलका नेताहरु पनि राजधानीबाट रातारात जिल्लातिर दौडिएका छन् । दुई ठाउँमा उमेद्वारी दिने शीर्ष नेता र राजधानीमा बसेर जिल्लामा चुनाव लड्ने अन्य नेताहरु विहीबार यात्रुबाहक विमान र हेलिकोप्टरमा समेत जिल्ला जाने तयारीमा छन् । असोज १० गतेलाई तोकिएको प्रत्यक्षतर्फको मनोनयन कार्यक्रम दलहरुको आग्रहमा १७ गतेलाई सारिएको हो ।

यस्तो छ उमेद्वारी छनौटको अन्तरकथा

उमेद्वारी छनौट प्रक्रियामा एमाओवादी, कांग्रेस र एमालेका नेताहरुले निकै ठूलो विवादको सामना गर्नुपरेको छ । असन्तुष्टहरुले घुक्र्याउने, कार्यालयमा नारावाजी गर्ने र कतिपयले जिल्लामा कार्यालय तोडफोड गर्नेदेखि लिएर पार्टी नै छाड्नेसम्मा खेलहरु भए । ठूला तीन दलको विवादका कारण साना दलहरुको उमेद्वारी छनौट कम चर्चामा आयो ।

उमेद्वारी छनौटका सिलसिलामा देखिएका केही रोचक र केही घोचक परिदृश्यहरु यस्ता छन् ।

· साना दलमध्ये राप्रपा नेपालका कमल थापा, राप्रपाका सूर्यबहादुर थापा र जनमोर्चाका चित्रबहादुर केसी प्रत्यक्षतर्फ नलडी समानुपातिकमा बस्नुभएको छ ।

· एमालेले नायक भुवन केसीलाई काठमाडौं १ बाट उमेद्वार बनाएकोमा भोलिपल्टै फिर्ता लिएर केसीलाई जिल्लाएको छ ।

· एमाओवादीले नायिका रेखा थापालाई पर्सामा उमे्वार बनाउने चर्चा गरेर उमेद्वारी दिएन ।

· दुईवटा सीटमा चुनाव लड्न माग गरेका नारायणकाजी श्रेष्ठलाई एमाओवादीले एउटा सीटमा मात्रै टिकट दियो ।

· कांग्रेस नेतृ सुजाता कोइरालाले पार्टीमा उमेद्वारी बाँडफाँडमा धाँदली भएको र पैसा खाएर आफ्नालाई टिकट बाँडिएको आरोप लगाउनुभयो ।

· कांग्रेस नेतृ सुप्रभा घिमिरेले टिकट नपाएको झोंकमा पार्टी परित्याग गरेकेा घोषणा गर्नुभयो ।

· कांग्रेसले उमेद्वारलाई पत्रसहित १/१ लाख रुपैयाँ बाँडेको चर्चा चल्यो ।

· एमाओवादीले विवादित सांसद बालकृष्ण ढुंगेललाई टिक दिएन । तर, मोरंग कांग्रेस परित्याग गरेका बाबुराम ओझालाई भोलिपल्टै मोरंग ६ को उमेद्वार बनायो ।

· बाँकेमा टिकट नपाएको झोंकमा एमाले कार्याकर्ताले आफ्नै कार्यालयमा तोडफेड गरे ।

· काठमाडौं १० मा प्रचण्डलाई हराउने आफूले रोजेको उमेद्वार चाहिन्छ भन्दै एमाले कार्यकर्ताले बल्खुमा नारावाजी गरे ।

· एमाओवादीले केपी ओलीको क्षेत्रमा उमेद्वार घोषणा गरेको छैन । कांग्रेस र एमालेले केही जिल्लामा चयन गर्न बाँकी छ ।

यस्तो छ तीन दलका उमेद्वारहरुको पूर्ण विवरण

3-patri-list-13-patri-list-23-patri-list-33-patri-list-43-patri-list-53-patri-list-63-patri-list-7

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment