Comments Add Comment

सूर्यबहादुरको मस्तिकमा जमेको रगत निकालियो

suryabahadur thapa२० असोज, काठमाडौं । राप्रपा अध्यक्ष एवं पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको मस्तिकमा जमेको रगत निकालिएको छ । आइतबार शल्यक्रिया गरी मस्तिकमा जमेको रगत निकालिको न्युरो अस्पतालले जनाएको छ ।

थापा पुर्ण रुपमा होसमा रहेको र शल्यक्रिया सफल भएको विज्ञप्तिमा उल्लेख छ । थापा ५-६ दिनभित्र डिस्चार्ज हुनु हुने र केही दिनपछि दैनिक क्रियाकलाप सूचार गर्न सक्ने समेत अस्पतालले जनाएको छ ।

मस्तिकको बाँया भागको सतहमा रक्तश्राव भएपछि थापालाई शुक्रबार अस्पताल भर्ना गरिएको थियो । मुटुको समस्याका लागि सेवन गरेको रगत पातलो बनाउने औषधी र करीब १ महिनाअघि टाउकोमा लागेको चोटले रक्तश्राव भएको न्यूरो अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment