Comments Add Comment

सुनिलका छोरासँग ताराको जोडी

बलिउडमा रुचाइएका नायक सुनिल सेठ्ठीका छोरा अहान सेट्ठी अहिले बलिउड प्रवेशको तयारीमा छन् । उनी सुपरहिट तेलुगु चलचित्र ‘आरएक्स १००’को रिमेक चलचित्र ‘तडप’मार्फत् बलिउडमा डेब्यु गर्दैछन् । अहानको जोडी भएर ‘स्टूडेन्ट अफ द इयर २’ मार्फत् डेब्यु गर्दै गरेकी नायिका तारा सुतरियाले काम गर्नेछन् ।

चलचित्रका लागि अहान र तारा पक्का भएको चलचित्रका निर्देशक मिलन लुथरियाले भारतीय मिडियासँग बताएका छन् । उनले भनेका छन्–‘हो, हामीले चलचित्रका लागि अहान र तारालाई पक्का गरिसकेका छौँ । अब छिट्टै चलचित्रको औपचारिक निर्माण घोषणा पनि गर्नेछौ ।’

निर्देशक लुथरियाले रिमेक चलचित्र पहिलाको चलचित्रभन्दा कमजोर नहुने बताएका छन् । उनले भनेका छन्–‘त्यो चलचित्रमा जसरी प्रेम देखाइएको छ, जसरी थ्रिल प्रस्तुत गरिएको छ त्यो भन्दा राम्रो हामी गर्नेछौ । प्रस्तुतीको हिसाबमा हामी चुक्ने छैनौ ।’

चलचित्रको औपचारिक निर्माण घोषणा भएको केही समयमा नै छायांकन सुरु गरिने बताइएको छ । अहिले चलचित्रको कथामा काम भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment