Comments Add Comment

विप्लवका नवलपरासी इञ्चार्जसहित दुई पक्राउ

१२ चैत, नवलपरासी । प्रहरीले विप्लव नेतृत्वको नेकपाका नवलपरासी जिल्ला इञ्चार्जसहित दुई जनालाई सोमबार राति पक्राउ गरेको छ ।

नेकपाका नवलपरासी इञ्चार्ज सुमन ज्ञवाली र पूर्वी नवलपरासीका जिल्ला सदस्य धनबहादुर मर्दनियालाई प्रहरीले राति घरबाटै नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका उनीहरुलाई अहिले जिल्ला प्रहरी कार्यालय, कावासोती नवलपुरमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता अर्जुन रानाभाटले जानकारी दिए ।

तत्कालीन माओवादी केन्द्रको नवलपरासी जिल्ला कार्यालय सचिव सुमनले प्रचण्ड नेतृत्वको पार्टीमा आएको विभाजनमा वैद्यलाई साथ दिएका थिए । पछि विप्लवले पार्टी फुटाएपछि उनी त्यसमै सक्रिय थिए ।

पक्राउ परेका नेकपाका जिल्ला सदस्य मर्दनिया  कावासोती १५ शेरगञ्ज का हुन् । उनी सेन्टपोल बोडिङ्ग स्कुल गोछडाका शिक्षकसमेत भएको बताइएको छ ।

विप्लव गतिविधिमाथि प्रहरीको  निगरानी

यसैबीच, सरकारले विप्लप नेतृत्वका नेकपालाई प्रतिबन्ध लगाएपछि नवलपुरमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

८ वटा स्थानीय तह रहेको नवलपरासी बर्दघाट सुस्ता पूर्व नवलपुर जिल्लामा अधिकांश स्थानीय तहका साथै सरकारी कार्यालयहरुमा सुरक्षा व्यवस्था कडा पारिएको हो ।

नवलपुरमा स्थानीय तहका जनप्रतिनिधिहरुमा चन्दा र राजिनामा जस्ता खबरहरुले चर्चा पाइरहेको बेला ती स्थानीय तहहरुमा समेत सुरक्षा व्यवस्था मजबुद पारिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नावय उपरीक्षक एवम् सूचना अधिकारी अर्जुन रानाभाटले सोमबार बिहान कार्यालयमा गरेको पत्रकार भेटघाट कार्यक्रममा यस्तो बताएका हुन् ।

उनले सादा पोशाकमा पनि प्रहरी ठाउँठाउँमा परिचालन गरिएको र विप्लव समूहका गतिविधिलाई मसिनो ढंगले निगरानी राखिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment