Comments Add Comment

प्रतिद्वन्द्वीले हार स्वीकार गरिसके : प्रचण्ड

२३ असोज, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले आफूहरुको प्रतिद्वन्द्वीले हार स्वीकार गरिसकेको दावी गर्नु भएको छ । मंसिर ४ मा हुने चुनावमा एमाओवादीलाई कसैले रोक्न नसक्ने भन्दै उहाँले प्रत्यक्षतर्फ १ सय ३० देखि १ सय ५० सिट जित्ने दावी गर्नु भयो ।

prachanda‘कांग्रेस-एमाले पनि अब माओवादीको विजयलाई रोक्न सकिन्न भन्ने निष्कर्षमा पुगेको मैले थाहा पाएको छु । हाम्रा प्रतिद्वन्द्वीहरुले एक खालले हार स्वीकार गरिसकेको स्थिति छ’ एमाओवादीको चुनावी मुखपत्र कृष्णसेन समाचार सेवालाई दिएको अन्तरवार्तामा प्रचण्डले भन्नु भएको छ-‘अहिले हाम्रो बहुमतलाई कसैले रोक्न सक्दैन । प्रत्यक्षमा १ सय ३० देखि १ सय ५० भित्र पुग्छौं भन्ने मोटामोटी अनुमान गरेको छ ।’ अन्तराष्ट्रिय शक्तिहरुले समेत एमाओवादीलाई ठूलो पार्टी हुन कसैले रोक्न नसक्ने निष्कर्ष निकालेको उहाँको दावी छ ।

अधिकांश उम्मेदवार जिल्लाबाट आएका नामका आधारमा छानिएको भन्दै उहाँले बागी फिर्ता नलिनेलाई कारवाही गर्ने बताउनु भयो । पार्टीको सिंगो नेतृत्व चुनावमा जाँदा जनतामा नयाँ विश्वास पैदा भएको भन्दै उहाँले यसले संगठन कमजोर नहुने बताउनुभयो ।

एमाओवादी अध्यक्ष प्रचण्डले बैद्य माओवादीको बहिस्कार मनोगत र बेमौसमी भएको बताउनु भयो । उम्मेदवारी मनोनयनमा देखिएको परिदृश्यले नै जनता निर्वाचनका निम्ति उत्साहित रहेको प्रष्ट भएको भन्दै उहाँले भन्नुभयो-‘यो संविधानसभाको निर्वाचन हो, जो माओवादी पार्टीले जनयुद्वमा निकै ठूलो त्याग गरेर प्राप्त भएको छ । त्यसकारण बैद्यजीहरुले बहिस्कार गर्नु यो भन्दा अवस्तुवादी र मनोगत केही हुँदैन । उहाँहरुले चुनाव वहिस्कार गर्नु भनेको जनताबाट आफैं बहिस्कृत हुनु हो भन्ने मलाई लाग्छ ।’

बैद्य माओवादीमा रहेका नेता कार्यकर्ता पुनः एमाओवादीमा फर्कने लहर सुरु भइसकेको भन्दै उहाँले अरु एक महिना ब हिस्कार भनिरहे बैद्य माओवादीमा नेतृत्व बाहेक कोही रहँदैनन् ।’ यद्यपि बैद्य माओवादी चुनावमा नआएकोमा आफूलाई दुःख लागेको प्रचण्डले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment