+
+
Shares

ओम फाइनान्सको नाफा १ करोड

अनलाइनखबर अनलाइनखबर
२०७० कात्तिक ७ गते ११:२५

७ कात्तिक, काठमाडौं । पोखरास्थित ओम फाइनान्स लिमिटेडले चाल आवको पहिलो त्रैमासमा १ करोड रुपैयाँ खुद मुनाफा कमाएको जनाएको छ । गत आवको सोही अवधिमा फाइनानसले ६४ लाख ५५ हजार रुपैयाँ खुद मुनाफा गरेको थियो ।

om finance

चालू आवको पहिलो त्रैमास नाफाअनुसार, फाइनान्सको वाषिर्क प्रतिसेयर आम्दानी ४ रुपैयाँ भएको छ । कम्पनीको चुक्ता पुँजी २७ करोड १४ लाख रुपैयाँ रहेको छ ।

फाइनान्सले गत असारमा ३ अर्ब ७६ करोड ५७ लाख रुपैयाँ रहेको निक्षेप रकम असोज मसान्तमा ३ अर्ब ९८ करोड ४९ लाख रुपैयाँ पुगेको जनाएको छ ।

कर्जा रकम तीन महिनाको अवधिमा ३ अर्ब २२ करोड ६३ लाखबाट बढेर ३ अर्ब ४१ करोड २३ लाख रुपैयाँ पुगेको फाइनान्सले जनाएको छ ।

जग्गा खरिद र प्लटिङ्गको कर्जा रकम पनि बढेर २५ करोड १२ लाख रुपैयाँ पुगेको छ । असारमा यस्तो कर्जा १९ करोड रुपैयाँ मात्र रहेको थियो । फाइनान्सले सेयर धितोमा १ करोड १२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ ।

फाइनान्सको खराब कर्जा अनुपात ०.८६ प्रतिशत रहेको छ । प्राथमिक पुँजी समायोजित कर्जा निक्षेप अनुपात ७७.४७ प्रतिशत रहेको फाइनान्सले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?