Comments Add Comment

भारतबाट आयात गर्दा बीमाबापत पनि डलर साट्न पाउने

११ कात्तिक, काठमाडौं । भारतबाट अमेरिकी डलरमा वस्तु आयात गर्ने कम्पनीले बीमा र ढुवानी भाडाको लागि आवश्यक रकमको लागि पनि डलर साट्न पाउने भएका छन् ।

nrb

नेपाल राष्ट्र बैंकले हालै निर्देशन जारी गरी उक्त व्यवस्था रहेको हो । व्यापारीहरुले भारतमा भुक्तानी गर्ने सम्पूर्ण रकमको लागि डलर साट्न पाउनुपर्ने माग गर्दै आएका थिए ।

यसैगरी, राष्ट्र बैंकले मनी ट्रान्सफर कम्पनी र मनी चेञ्जर कम्पनीले काठमाडौं उपत्यकाबाहिरबाट पनि सटही सुविधा पाउने व्यवस्था गरेको छ ।

राष्ट्र बैंकले सोमबार निर्देशन जारी गरी उक्त व्यवस्था गरेको हो । यसअघि थापाथली कार्यालयबाट मात्र दिंदै आएको सेवा अब राष्ट्र बैंकले पाँचै क्षेत्रीय कार्यालयबाट उपलब्ध गराउने भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment