Comments Add Comment

ह्याप्पी बर्थ डे साहरुख, ‘१५ सय देखि एसियाकै धनी कलाकारसम्म’

बलिउडका वादशाह साहरुख खान आजबाट ४८ औं बर्षमा प्रवेश गरेका छन् । दिल्लीमा जन्मेका साहरुखले बलिउडमा ‘दिवाना’ चलचित्र मार्फत प्रवेश गरेका थिए । बलिउडमा उनलाई रोमान्स किङ, बादशाह लगायतका नामले पनि चिनिन्छ ।srk-and-his-fanदिल्लीमा आफ्नो आमाको हातबाट १५ सय रुपैयाँ लिएर मुम्बई छिरेका साहरुखसँग आज ४ सय मिलियन डलर सम्पत्ती छ । उनी बलिउडमा २० बर्षदेखि निरन्तर राज गरिरहेका छन् ।

साहरुख खानले अभिनय गरेका अधिकांश सिनेमाहरु सफल छन् । आफ्नै मिहिनेत र वुद्धीले साहरुख आज विश्वकै चर्चित कलाकारको सूचिमा अग्रस्थानमा छन् । साहरुख एसियाकै धनी कलाकार हुन । यस्तै उनी विश्वकै धनी कलाकारको सूचिको चौथो स्थानमा रहेका छन् ।

साहरुखले अभिनय गरेका डर, बाजीगर, दिलवाले दुल्हनिया ले जायंगे, कुछ कुछ होता हे, कभी खुशी कभी गम, ओम शान्ती ओम, चेन्नई एक्सप्रेस, माई नेम ईज खान, मे हँु ना, जब तक हे जान, विर जरा जस्ता सिनेमाहरु सर्वाधिक चर्चित रहेको पाइन्छ ।

साहरुखको भारतमा मन्नत र दुबईमा एक शानदार बंगाला पनि छ । बलिउड बादशाह साहरुख खानलाई जन्मदिनको हार्दिक शुभकामना ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment