Comments Add Comment

एमाओवादी चुनाव भाँड्ने षड्यन्त्रमा : नेपाल

२२ कात्तिक, काठमाण्डौ ।  नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले  एकीकृत माओवादी मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीलाई देखाएर निर्वाचन भाँड्ने षडयन्त्रमा लागेको आरोप लगाउनु भएको छ । 

madhav-nepal

रिपोर्टर्स क्लब नेपालले शुक्रवार विहान आयोजना गरेको साक्षात्कारमा नेपालले भन्नुभयो,’एमाओवादी हार्ने देखेर कि बुथ लुट्न कि मतदातालाई आतंकीत बनाएर जित्न चाहन्छ । उ हार्ने निश्चित भए उसले यसैलाई प्रयोग गरेर निर्वाचन विथोल्ने आशंका मलाई लागेको छ । ‘

नेपालले निर्वाचन भाड्नकै लागि भनेर वज्रयोगिनी, साँखु लगायतका स्थानमा एमाओवादीले क्याम्पै खडा गरेर ड्रेसमा वाईसीएललाई राखेर मार्चपास गराएको घट्नाले आशंकालाई बल पुर्‍याएको बताउनुभयो ।  उहाँले भन्नुभयो,’एमाओवादीको नियत खराव छ, यस्ता विषयलाई नियन्त्रणमा लिन राज्य कडा रुपमा प्रस्तुत हुनु पर्छ । हार्नेले निर्वाचन भाड्न सक्छ । दोष माओवादीलाई आउँन सक्छ यो विषयमा माओवादी सचेत हुनुपर्छ । ‘

उहाँले चुनाव सम्पन्न भएपछि पनि नेकपा-माओवादीलाई संविधान निर्माण प्रक्रियामा ल्याउने सकिने वताउनु भयो । उहाँले नेकपा-माओवादीलाई संविधान निर्माण प्रक्रिया भन्दा बाहिर राख्न नहुने तर्क गर्दै संविधान लेखन प्रक्रियामा ल्याउनै पर्ने बताउनुभयो ।

नेपालले पार्टीहरु आन्तरिक र बैचारिक रुपान्तरणको द्वन्द्वमा रहेको कारण विगतमा आवश्यक निर्णय लिन ढिलाई भएका कारण अहिलेको अवस्था आएको गुनासो समेत गर्नु भयो । नेपालले वैद्य माओवादीलाई निर्वाचनपछि संविधान निर्माण प्रक्रियामा ल्याउने आफूले सक्दो भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले भन्नुभयो,’तत्कालिन माओवादीलाई शान्तिप्रक्रियामा ल्याउन पनि मैले मूमिका खेलेको हुँ । अब वैद्य माओवादीलाई संविधान निर्माणमा ल्याउन सक्दो भूमिका खेल्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment