Comments Add Comment

टेक्सासमा नेप्लीज गट ट्यालेण्ट कार्यक्रम हुने

विकास राज न्यौपाने 

टेक्सास । अमेरिकामा रहेका नेपालीहरुबाट प्रतिभाबान ब्यक्ति छनौट गर्ने उदेश्यका साथ डल्लासको टेक्सासमा “नेप्लीज गट ट्यालेण्ट-२०१४ ” कार्यक्रमको आयोजना गरिने भएको छ । न्युल प्रोडक्सन र पर्पल क्वान्टमको आयोजनामा हुन लागेको कार्यक्रमका बिजेताको लागि एक हजार अमेरिकन डलर पुरस्कार राखिएको आयोजकहरुले जनाएका छन् ।

“नेप्लीज गट ट्यालेण्ट विथ कर्मा ब्याण्ड” नाम दिइएको कार्यक्रम आगामी जनवरी ४ मा टेक्सासको डल्लासमा आयोजना हुन लागेको हो । जनवरी ४ मा हुने अन्तिम प्रतिष्प्रधाको लागि आगामी डिसेम्बर १ मा अडिसन राखिएको पनि आयोजकहरुले जनाएका छन् ।

कार्यक्रममा निशुल्क रुपमा भाग लिन पाउने ब्यवस्था रहेको छ भने प्रतिष्प्रधीहरु बाट उत्कृष्ट छनौटको लागि कुनै निर्णायकहरु नराख्ने तर कार्यक्रममा उपस्थित दर्शकहरु मध्येबाटै आएको भोटबाट उत्कृष्ट छनौट गरिने ब्यवस्था राखिएको आयोजकहरुले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment