Comments Add Comment

पाकिस्तानमाथि अष्ट्रेलियाको सहज जीत

Photo Credit : आईसीसी

११ चैत, काठमाडौं । पाकिस्तानसँगको दोस्रो एकदिवसीय खेलमा अष्ट्रेलियाले सहज जीत निकालेको छ । पाकिस्तानलाई आठ विकेटले पराजित गर्दै अष्ट्रेलियाले लगातार जीत हात पारेको हो ।

पाकिस्तानले प्रस्तुत गरेको २८५ रनको चुनौती अष्ट्रेलियाले ४७.५ ओभरमा दुई विकेटको क्षतिमा पूरा गर्‍यो । अष्ट्रेलियाका लागि कप्तान एरोन फिन्चले शतकीय पारी खेलेपछि जीत सम्भव भएको हो ।

कप्तान फिन्चले अविजित १५३ रन बनाए । उनले १४३ बलमा ११ चौका र ६ छक्का प्रहार गरे । त्यस्तै उस्मन खवजाले ८८ रन बनाए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा सात विकेटको क्षतिमा २८४ रन बनाएको थियो । पाकिस्तानका लागि मोहम्मद रिजवनले शतकसहित ११५ रन बनाए । त्यस्तै, कप्तान सोइब मालिकले ६० रन बनाए ।

पाँच खेलको एकदिवसीय सिरिजमा पाकिस्तानमाथि अष्ट्रेलियाले २-० को अग्रता बनाएको छ ।

भारतमाथि ३-२ को महत्वपूर्ण सिरिज जितेर पाकिस्तानसँग सिरिज खेल्न यूएईतर्फ लागेको अष्ट्रेलिया निकै लयमा देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment