+
+
Shares

विप्लवसँग तत्काल वार्ताको सम्भावना छैन : रक्षामन्त्री पोखरेल

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत ११ गते १२:३४

११ चैत, विराटनगर । रक्षामन्त्री ईश्वर पोखरेलले विप्लव समूहसँग वार्ताको कुनै सम्भावना नरहेको बताएका छन् ।

विप्लव समूहले हतियार बोक्ने र बम पड्काउने जस्ता काम जारी राखेकाले तत्काल वार्ताको सम्भावना नरहेको रक्षामन्त्री पोखरेलको भनाइ छ ।

विराटनगर बिमास्थलमा सोमबार पत्रकारहरुसँग कुरा गर्दै मन्त्री पोखरेलले विप्लव माओवादीले हतियार विसाएको खण्डमा भने वार्ता गर्न सरकार तयार रहेको बताए ।

‘वार्ताको सम्भावना त्यो समयमा रहन्छ, जब हतियार बिसाएर विप्लव समूह आउँछ,’ रक्षामन्त्री पोखरेलले भने, ‘विप्लव समूह हतियार बिसाएर आए वार्ता गर्न सरकार तयार छ ।’

विप्लव समूहले बम पड्काउने, मान्छे मार्ने जस्ता अनुचित काम गरेकाले सरकारले प्रतिवन्ध गरेको उनले दोहोर्‍याए । तर, सरकारले कुनै राजनीतिक पार्टी र दललाई निषेध गर्न भने नखोजेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?