Comments Add Comment

मिर्गौलाको पत्थरी भए बियर पिउनुपर्छ ?

जब कुनै शारीरिक समस्या लिएर तपाईं चिकित्सककहाँ पुग्नुहुन्छ, तब तपाईंको नियमित खानपानमा व्यापक कटौती गरिन्छ । नुन कम गर्नु । चिल्लो-पिरो नखानु । तारेको भुटेको नखानु । मदिरा छाड्नु । चुरोट सेवन नगर्नु । वोसोयुक्त खानेकुरा कम गर्नु । रातो मासु नखानु ।

तर, कुनै रोग विशेष लिएर तपाईं अस्पताल पुग्नुभएको तपाईंलाई ‘बियर पिउने सुझाव’ दिएभने ?

त्यसो त मदिराजन्य पेय हो बियर । बियर पनि त्यस्तै अल्कोहलिक पेय हो जो अन्य मदिरामा हुनेगर्छ । जस्तो कि, रम, भोड्का, जिन, वाइन इत्यादि ।

त्यसो त कुनैपनि रोगको उपचार यस्ता पेय हुनसक्दैन । तर, कस्तो हल्ला व्यापक छ भने, बियर पिउँदा मिर्गौलाको पत्थरी हट्छ । अर्थात मिर्गौलामा पत्थरी भए चिकित्सकले नै बियर पिउने सुझाव दिन्छन् ।

के यो सत्य हो ? बियरले मिर्गौलाको पत्थरी हटाउँछ ? चिकित्सकले त्यस्तो सुझाव दिन्छ होला ?

मिर्गौलामा पत्थरी

अहिले मिर्गौलाको समस्या निके भयावह बनेको छ । मिर्गौलामा समस्या भएपछि त्यसको उपचार जटिल मात्र हुने होइन, कतिपय अवस्थामा असंभव पनि हुन्छ । हुन त मिर्गौला काम नलाग्ने भएको अवस्थामा अर्को मिर्गौला प्रत्यारोपण गर्न सकिन्छ । यद्यपी यो पनि त्यती सहज र भरपर्दो विकल्प भने होइन ।

यस्तो अवस्थामा मिर्गौलाको स्वस्थ्यप्रति सचेत हुनैपर्छ ।

मिर्गौलामा पत्थरी हुनु भनेको चाहि त्यती धेरै जटिल कुरा होइन । यद्यपी मिर्गौलाको समस्या भएकाले स्वभाविक रुपमा यसले तनाव भने दिन्छ ।

मिर्गौलामा पत्थरी हुँदाको क्षण भने पीडादायी हुन्छ । मिर्गौलामा पत्थरी भएपछि त्यसको दुखाई सहन गाह्रो हुन्छ । मिर्गौलामा पत्थरी भएमा के गर्ने त ? के वियर पिउनु उपयुक्त विकल्प हो ?

बियर पिउँदा ठिक हुन्छ ?

यो चिकित्सकको आधिकारिक भनाई होइन । यद्यपी बाहिरी हल्ला के छ भने मिर्गौलाको पत्थरी भएमा बियर पिउनुपर्छ । बियर पिएपछि मिर्गौलामा जमेको पत्थरी पिसाबबाट बाहिर निस्कन्छ ।

के बियरले मिर्गौलाको पत्थरी निकाल्छ ? यदि त्यसो हो भने कति बियर पिउनुपर्छ ?

मिर्गौला पत्थरीको कारण

हाम्रो खराब जीवनशैली, शरीरमा पानीको अभाव, व्यायामको कमी, अधिक चिया कफी, धेरै तारेको भुटेको, धेरै गुलियो, कम पानी, पिसाब रोक्नु नै मिर्गौलामा पत्थरी हुने कारण हुन् ।

यसका साथै स्टोन हुनुको मूख्य कारण शरुरिमा अधिक मात्रामा क्याल्शियम हुनु पनि हो । जब नुन एवं अन्य मिनरल एकअर्काको सम्पर्कमा आउँछ, स्टोन बन्न लाग्छ, त्यसैलाई मिर्गौलाको पत्थरी भनिन्छ ।

अर्थात मिर्गौलामा पत्थरी क्याल्शियम, अक्सलेट र क्याल्शियम फस्फेटबाट बन्छ । मिर्गौलामा पत्थरी भए पिसाब फेर्न निकै समस्या हुन्छ । साथसाथै दुखाई पनि ।

के बियरले ठिक हुन्छ ?

त्यसो त पत्थरीलाई निर्मूल गर्ने कुनै उपचार छैन, यद्यपी केही घरेलु उपचारले स-सना आकारको पत्थरी निकाल्न सकिन्छ । यसका लागि धेरै भन्दा धेरै तरल पदार्थ पिउने सल्लाह दिइन्छ ।

ठूलो आकारको पत्थरी भने शल्यक्रियाबाट मात्र उपचार संभव हुन्छ । केही अध्ययनमा के पाइएको छ भने, नियमित केही मात्रामा बियर पिउँदा स्टोन पिसाबबाट निस्कन्छ ।

के वास्तवमै बियर पिउँदा पत्थरी निस्कन्छ त ?

बियर पिउँदा पत्थरी निस्कन्छ । यद्यपी बियर जौले बनेको हुनुपर्छ । यद्यपी यसले स-सानो आकारको पत्थरी मात्र निकाल्छ ।

यद्यपी नियमित वा लामो समयसम्म बियर पिउने गर्नुहुँदैन । बियर एक निश्चित अवधीका लागि मात्र हो । लामो समय मिर्गौलाको समस्या छ भने र लगातार धेरै बियर पिइयो भने त्यो थप घातक हुनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment