Comments Add Comment

युएर्इलार्इ हराउँदै नेपाल तेस्रो बन्न सफल

१५ मंसिर, काठमाण्डौं । टी-ट्वान्टी विश्वकप छनोट क्रिकेटको तेस्रो स्थानका लागि भएको खेलमा नेपालले घरेलु टिम युएर्इलार्इ ५ विकेटले पराजित गरेको छ । १ सय ३२ रनको लक्ष्य लिएर मैदानमा उत्रेको नेपालले शरद भेसवकारको अविजित ४३ रनको मद्दतमा जित निकालेको हो । नेपालले १९ ओभर २ बलमा ५ विकेट गुमाएर लक्ष्य भेट्टायो ।

नेपालका लागि हङकङविरूद्द विजयी रन बटुलेका मध्यक्रमका व्याटसम्यान शरद भेसवाकरले ३ चौकार ३ छक्कासहित अविजित ४३ रन बनाए । त्यस्तै ओपनर सुवाश खकुरेलले ३ चौकासहित ३८ रन जोडे भने ओपनर सागर पुनले १९ रन बनाए । अनिल मण्डल १३ रनमा अविजित रहे । त्यसैगरी ज्ञानेन्द्र मल्ल ४ रनमा आउट भए भने कप्तान पारस खड्काले २ रन मात्र जोड्न सके । अर्का व्याट्सम्यान विनोद भण्डारी डकआउट हुनपुगे ।

Basanta Regmi.
युएर्इ विरूद्दको खेलका म्यानअफ द म्याच बसन्त रेग्मी ट्रफीका साथ

हारको नजिक पुगिसकेको नेपाललाई आज पनि शरदले उद्धार गरे । कप्तान पारस खड्कालाई २ रनमा गुमाएपछि क्रिजमा आएका भेसवाकर आजको युएईविरुद्धको खेलमा पनि नायक सावित भए । भेसवाकरले नेपाललाई जितको लागि ६ बलमा ११ रन चाहिएको अवस्थामा अन्तिम ओभरको दुईबलमा छक्का हानेपछि नेपालले ४ बल बाँकी छादै लक्ष्य भेटाएको हो ।

यसअघि टस हारेर पहिले व्याटिङमा उत्रेको युएर्इका लागि अब्दुल साकुरले सर्वाधिक २८ रन बनाए । उनलाई बसन्त रेग्मीको बलिङमा अनिल नेपालका लागि बसन्त रेग्मीले ४ ओभर बलिङ गर्दै १६ रन खर्चेर ४ विकेट लिए भने महंगा सावित भएका अर्का स्पिनर शक्ति गौचनले ३ ओभर बलिङ गर्दै ३१ रन खर्चेर १ विकेटमात्र लिए । आजको खेलमा नेपालका लागि ४ विकेट लिएका बसन्त रेग्मी म्यानअफ द म्याच घोषित भए । बलिङतर्फ युएईका कम्रन शाहजादले दुई तथा सहदीप शिल्भा, अम्जद जाभेद र रोहन मुस्तफाले एक एक विकेट लिए ।

सेमिफाइनलमा नेपाल अफगानिस्तानसँग पराजित भएको थियो भने आयरल्याण्डले यूएईलाई हराएको थियो । उपाधिका लागि आजै अफगानिस्तान र आयरल्याण्ड भिड्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment