Comments Add Comment

सुनले फेरी ५४ हजार छोयो

१६ मंसिर, काठमाडौं । लामो समय ५३ हजार वरिपरी कारोबार भइरहेको सुनको भाउ हप्ताको पहिलो दिन आइतबार ५ सय ९५ रुपैयाँले बढेर gold५४ हजार रूपैयाँ छोएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि छापावाल सुनको भाउ तोलाको ५३ हजार ९ सय ९८ रुपैयाँ तोकेको छ । गत शुक्रबार छापावाल सुन तोलाको ५३ हजार ४०३ रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार तेजाबी सुनको भाउ पनि तोलाको ५९५ रुपैयाँ बढेर ५३ हजार ६४८ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदीको भाउ पनि बढेर कारोबार भइरहेको छ । महासंघका अनुसार चाँदी तोलामा १० रुपैयाँ बढेर ८६५ रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार चाँदी तोलाको ८५५ रुपैयाँमा कारोबार भइरहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment