Comments Add Comment

राम्रो सिनेमाको ग्यारेन्टी दिने दुई निर्देशक

नेपाली रजतपटमा कुनै सिनेमा सफल त कुनै सिनेमा फ्लब दिने निर्देशकहरु प्रशस्तै छन् । कुनै बेला थियो निर्देशक तुलसी घिमिरेले सिनेमा निर्देशन गरेपछि हिट हुन्थ्यो । यसपश्चात निर्देशक शिव रेग्मी पनि हिट सिनेमा दिने अस्त्र नै बनेका थिए ।nawal-and-gopalपछिल्लो समय सिनेमाहरु राम्रो बनेर पनि असफल भएको पक्कै हो । केही राम्रा सिनेमाले पनि असफलताको व्यापार गर्दा धेरै चलचित्रकर्मीको करिअर ढुलमुलाएको छ । सिनेमा नराम्रो बनेर असफल हुनु र राम्रो बनेर असफल हुनुको पछाडी धेरै कारणहरु हुनसक्छन् ।

चलचित्र ‘श्रीमान’ र ‘महुशश’ निर्देशन गरिसकेका नबल नेपाल राम्रो सिनेमा दिने निर्देशकको रुपमा दहरिएका छन् । उनले बनाएको ‘श्रीमान’ले निर्मातालाई बचाएपनि ‘महशुश’ले भने केही लाख घाटा ब्यहोरेको थियो । तर पनि उनले बनाएको सिनेमा राम्रो भएको प्रतिक्रिया सबैले दिएका थिए । ‘महशुश’ले समिक्षकहरुबाट राम्रो साथ पाए पनि विविध कारणले गर्दा दर्शकको साथ भने पाउन सकेको थिएन ।

यस्तै राम्रो सिनेमा बनाउने निर्देशकको रुपमा चिनिएका छन् गोपालचन्द्र लामिछाने । जसले बनाएको ‘बोक्सी’ र ‘किन लाग्छ माया’ले राम्रो तारिफ पायो । ‘बोक्सी’ले विभिन्न अवार्ड प्राप्त गर्‍यो भने ‘किन लाग्छ माया’ले त निर्माताको गोजीको खर्च पनि फिर्ता गरिदिएको थियो । निर्देशक नबल नेपाल ‘लज्जा’ नामक सिनेमाको निर्देशनमा जुटिसकेका छन् भने लामिछानेले ‘लम्फू’ सिनेमा बनाइरहेका छन् ।

धेरै निर्माताहरु भन्छन्, यि दुई निर्देशकलाई विश्वास सजिलै गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment