
१० चैत, काठमाडौं । सिद्धार्थ बैंक र महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्वन्धी सम्झौता भएको छ।
सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट सहायक महाप्रबंधक अर्जुन भद्र खनाल र इन्स्योरेन्स कम्पनीका तर्फबाट सहायक महाप्रबन्धक सपना देवकोटा खरेलले हस्ताक्षर गरे।
सो अवसरमा बैंकका महाप्रबन्धक खनालले अब महालक्ष्मी लाईफ इन्स्योरेन्समा बीमा गर्ने ग्राहकलाई आवश्यक बीमा सम्बन्धी सेवा तथा सुविधा सिद्धार्थ बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट उपलब्ध हुने जानकारी दिए।
सबैक्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले देशभर १४६ वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा, १५६ एटिएम, १ हजार २०० भन्दा बढी पस मेसिनमार्फत बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4