+
+
Shares

महालक्ष्मी विकास बैंक र एभरेष्ट इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत १० गते १९:३३

१० चैत, काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ ।

सम्झौता पत्रमा महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले हस्ताक्षर गरेका छन् ।

सम्झौताबाट महालक्ष्मी विकास बैंकका ग्राहकहरुले बैंकको सम्पूर्ण शाखाहरु मार्फत सरल, सुलभ र उत्कृष्ट सेवासहित उक्त इन्स्योरेन्स कम्पनीको विभिन्न निर्जिवन बिमालेखहरु प्राप्त गर्न, बिमा शुल्क भुक्तानी गर्न, तथा बिमा दाबी भुक्तानी सहजै रुपमा प्राप्त गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?