+
+
Shares

राष्ट्रियसभाबाट ३३ घण्टामा १८ विधेयक पारित

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत १० गते १९:४४

१० चैत, काठमाडौं । ११ पुसबाट शुरु भएको राष्ट्रियसभाको तेस्रो अधिवेशन अन्त्य भएको छ । ३५ वटा बैठक बसेर आइतबार सम्पन्न अधिवेशन अवधीमा १८ विधेयक पारित भएका छन् । जसमध्ये ६ वटा विधेयक राष्ट्रियसभामा र बाँकी विधेयक प्रतिनिधिसभामा उत्पत्ति भएका थिए ।

बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (दोस्रो संशोधन), संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तराष्ट्रिय व्यापार नियन्त्रण (पहिलो संशोधन), प्रदेश लोक सेवा आयोग, ज्येष्ठ नागरिक सम्बन्धी (पहिलो संशोधन), नागरिक लगानी कोष (दोस्रो संशोधन) र विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक राष्ट्रियसभामा उत्पत्ति भएका हुन ।

प्रतिनिधिसभामा उत्पत्ति भएर सन्देश सहित प्राप्त १२ वटा विधेयक पनि राष्ट्रियसभाको यो अधिवेशनले पारित गरेको छ । यसरी पारित भएका विधेयकहरूमा भुत्तानी तथा फछ्र्यौट, कर्मचारी समायोजन, निवृत्तिभरण कोष, नेपालको संविधान अनुकुल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, सार्वजनिक निजी साझेदारी तथा लगानी, लेखा परिक्षण, जीवनाशक विषादी व्यवस्थापन, विशेष आर्थिक क्षेत्र (पहिलो संशोधन), राष्ट्रिय चिकित्सा शिक्षा, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण र भूउपयोग विधेयक छन् ।

राष्ट्रियसभा (पहिलो संशोधन) नियमावली पारित गरेको अधिवेशन अवधीभर ३२ घण्टा ४० मिनेट बैठक बसेको संसद सचिवालयले जानकारी दिएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?