Comments Add Comment

बैरो विभागका निर्देशक विरुद्ध विषेश अदालतमा मुद्दा

२१ मंसिर काठमाडौं । गलत कागजात बनाई सेटिङ मिलाएर कामदार ठगी गरेको अभियोगमा अख्तियार दुरुपयो अनुसन्धान आयोगले बैदेशिक रोजगार विभागका निर्देशक रमेशप्रसाद मैनाली र कम्युटर अपरेटर पप्पु शाह विरुद्ध आज विषेश अदालतमा मुद्दा दायर गरेको छ ।

भ्रष्टाचर निवारण ऐन २०५९को दफा ९ अन्तगगत दोषी ठहर गर्दै अख्तियारले मुद्दा दायर गरेको हो । मंगलबार मात्रै सेटिङमा संलग्न ६४ जनाविरुद्ध अख्तियारले मुद्दा दायर गरेको थियो । जसमा ४५ जना नेपाल सरकारका कर्मचारी थिए । आज अख्तियारले मुद्दा दायर गरेका मैनाली र शाह सहित ४७ जना विभागका कर्मचारी प्रणलीगत भ्रष्टाचारको आरोपमा मुद्दा खेपेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment