Comments Add Comment

बुवाआमाको सम्झनामा भूकम्पले क्षतीग्रस्त पँधेरोको जिर्णोद्धार

८ चैत, सिन्धुपाल्चोक । भूकम्पले क्षतीग्रस्त ढुङगे धारा(पँधेरो)को पुनर्निर्माण सम्पन्न भएपछि खानेपानी समस्या भोगिरहेका सुनकोशी गाउँपालिका-२ ठोकर्पा तित्रेका स्थानीयवासी खुसी भएका छन् ।

स्वर्गीय आमाबुबाको सम्झनामा स्थानीयबसन्त भण्डारी, नरेश भण्डारीको सक्रियतामा क्षतीग्रस्त खानेपानी मुहानको जिर्णोद्धार गरिएको हो ।

ठोकर्पा तित्रेका स्थानीयले लामो समयदेखि खानेपानी उपभोग गर्दै आएको ढुंगेधारो भूकम्पमा क्षती भएको थियो । ढुङगे धारो भूकम्पले क्षती पुर्‍याएपछि यस भेगका स्थानीय दुई घण्टा टाढा रहेका धारोमा पानी लिन जानु पर्ने बाध्यता थियो ।

ठोकर्पा तित्रेका स्थानीय बसन्त भण्डारी र नरेश भण्डारीले आफ्ना स्वर्गीय आमाबुबाको नामको धनबहादुर डम्बर कुमारी स्मृति प्रतिष्ठानमार्फत साढे २ लाख रुपैयाँको लागतमा ठूलो पँधेरो खानेपानीको जिर्णोद्धार गरिएको हो ।

प्रतिष्ठानले नजिकै रहेको सीमधाराको समेत पुननिर्माण गरिएको थियो ।

भूकम्पमा पराम्परगत खानेपानीको मुहानमा समस्या भएपछि आमाबुबाको नाममा स्थापना गरिएको प्रतिष्ठानबाट आर्थिक संकलन गरेर खानेपानीको जिणर्ाेद्धार गरिएको प्रतिष्ठानका अध्यक्ष बसन्त भण्डारीले जानकारी दिए ।

भूकम्पमा भासिएको पानीमो मुहानलाई ट्याङकी बनाएर संकलन गरिएको स्वर्गीय भण्डारी स्मृति प्रतिष्ठानका सदस्य नरेश भण्डारीले जानकारी दिए । दुबै धाराहरु जिर्णोद्धार गरिएपछि अब स्थानीयलाई खानेपानीको समस्या नहुने उनले बताए ।

पुराना धारहरुको जिर्णोद्धार गरिएपछि त्यसको उद्घाटन नेकपाका केन्द्रीय सदस्य माधव सापकोटाले गरेका थिए । ‘भूकम्पपछि यहाँका स्थानीय खानेपानीको चरम समस्यामा थिए । अब पुरानै धारामा खानेपानी उपलब्ध भएपछि हामी खुसी भएका छौ,’ स्थानीय देवहरी दाहालले भने ।

प्रतिष्ठानले यस क्षेत्रमा अन्य सामाजिक कामहरु पनि गर्दै जाने अध्यक्ष बसन्त भण्डारीले बताए । बुबाआमाले गाउँमा धेरै सामाजिक अभियानमा सक्रिय हुनुहुन्थ्यो, उहाँहरुको नाममा स्थापना गरिएको प्रतिष्ठानबाट अरु पनि सामाजिक काममा लाग्छौं,’ प्रतिष्ठानका सदस्य नरेश भण्डारीले बताए ।

गाउँ तहमा यस्ता सानातिना कामहरु गर्न स्थानीयस्तरबाट पहल गर्नु पर्नेमा नेकपाका नेता सापकोटाले जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment