Comments Add Comment

पहिलो चरणको पोलियो थोपा खुवाउने अभियान आजदेखि सुरु

६ पुस, काठमाडौं । राष्ट्रिय पोलियो खोप अभियानको पहिलो चरणको कार्यक्रम आजदेखि सुरु हुँदैछ ।

हिमाली क्षेत्रका सात जिल्लाबाहेक दोस्रो चरणको सो कार्यक्रम माघ ११ र १२ गते र हिमाली जिल्लामा पहिलो चरणमा आगामी चैत ८ र ९ तथा दोस्रो चरणमा २०७१ वैशाख १३ र १४ गते सञ्चालन हुँदैछ ।

poliyo thopaजन्मेदेखि पाँच वर्षमुनिका सबै बालबालिकालाई पोलियो थोपा खुवाउने अभियानको ध्येय रहेको छ । यसका लागि मन्त्रालयअन्तर्गतको बालस्वास्थ्य महाशाखाले सबै तयारी पूरा गरेको जानकारी दिएको छ । महाशाखा प्रमुख प्रा डा सेनेन्द्रराज उप्रेतीले भन्नुभयो- “बालबालिकालाई पोलियो थोपा खुवाउने कार्यक्रमको तयारी पूरा भएको छ, नजिकको खोप केन्द्रमा बालबालिकालाई लगी पोलियो खुवाउन म आग्रह गर्दछु ।”

पाँच वर्षमुनिका ४२ लाख २६ हजार ९९६ बालबालिकालाई पोलियो थोपा खुवाउने कार्यक्रम रहेको छ । गाविस र नगरपालिकाका प्रत्येक वडामा कम्तीमा दुईवटा खोप केन्द्र सञ्चालन हुने छन् । साथै बसपार्क, इँटाभट्टा, गिटीकुट्ने स्थान, सीमा क्षेत्र र घना बस्तीमा पनि खोपटोली परिचालन हुने महाशाखाले तयारी गरेको छ ।

एउटा खोप केन्द्रमा दुईजना स्वयम्सेवक हुनेछन् । एकजना महिला स्वयम्सेविका र अर्को विगतमा पोलियो थोपा खुवाएका स्थानीय शिक्षक वा क्लबका स्वयम्सेवक रहने व्यवस्था गरिएको छ । यसरी ४० हजार ४ सय ४७ खोप केन्द्रमा ८० हजार ९ सय ४८ स्वयम्सेवक परिचालन हुनेछन् ।

केही करणवस पहिलो दिन पोलियो थोपा खुवाउन छुटेका बालबालिकालाई दोस्रो दिन अनिवार्य रूपमा पोलियो थोपा खुवाउनुपर्ने व्यवस्था मिलाइएको महाशाखाका प्रमुख डा उप्रेतीले जानकारी दिनुभयो । यसका लागि परिचालन भएका स्वयम्सेवकले आˆना वडाका प्रत्येक घरघरमा गई बालबालिकाका अभिभावकलाई भेट गर्नुपर्नेछ । साथै खोपको अभिलेख तथा खोप लिएको चिहृन लगाउनुपर्ने छ ।

नेपालमा सन् २०१० देखि पोलियोका रोगी देखा परेका छैनन् । लगातार तीन वर्षसम्म पोलियो रोगी देखा नपरेमा अर्काे वर्ष पोलियो शून्य प्रमाणीकरण भएको देशका रूपमा विश्वस्वास्थ्य संगठनले प्रमाणीकरण गर्ने प्रचलन रहेको छ । सन् २०१४ को फेब्रुअरी महिनामा नेपाल पोलियो शून्य प्रमाणित हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment