Comments Add Comment

मनाङका ओङग्या सर्बोकृष्ट धनुर्धर

१६ पुस, काठमाडौं । म्याग्दी मगर समाज ‘ए’ ले तेश्रो खुला धनुषवाण (ताराखेल) प्रतियोगिताको उपाधि सोमबार हात पारेको छ । विशाल मल्टी स्पोर्ट्स मनाङ मस्र्याङ्दी आर्चरी टे्रनिङ सेन्टर, मित्रनगरमा कृत्रिम प्रकाशमा खेलाइएको १० डोरको टिम स्पर्धामा म्याग्दी मगरले १०८ अंक बटुल्दै उपाधि चुम्न सफल भयो ।

जितका लागि प्रेमप्रसाद पुन र कुमार पाईजाले उत्कृष्ट निशाना लगाउदै २० अंकमा समान १९-१९ अंकको योगदान गरेका थिए । श्रीप्रसाद पुर्जा र दुर्गा बुढाथोकीको दुई-दुई निशाना चुकेपछि टिमलाई समान १८-१८ अंकको योगदान दिए र तीन निशाना चुकेपछि हरि पुन र सुभाष पाईजाले समान १७-१७ अंक बनाएका थिए ।

म्याग्दी मगर समाज ‘बी’ र नेपाल छन्त्याल संघ ‘ए’ ले ९२ अंकको बराबरी खेलेपछि दोश्रो स्थानका लागि पूनः १ डोर खेल थपिएको थियो । दुबै समूहले ७-७ अंक जोडेपछि खेल बराबर तर्फनै लम्कियो । अन्तिममा दुबै पक्षका कप्तानले दुई-दुई तिर प्रहार गरेका थिए । जसमा नेपाल छन्त्यालका कप्तानको एक निशना चुकेपछि तेश्रो स्थानमा चित्त बुझाउनु पर्‍यो । दोश्रो भएको मगर समाजका कप्तान दुवै निशानामा सफल रहे ।

प्रतियोगितामा अचुक निशाना लगाएका मनाङका ओङग्या गुरुङ सर्बोकृष्ट धनुर्धर चुनिए । उनले नगद ५ हजार प्राप्त गरे । प्रतियोगिाका विजेताले ५० हजार, उपबिजेताले ३० हजार र तेश्रो हुनेले २० हजार नगद ट्रफी तथा मेडल प्राप्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment