Comments Add Comment

बस दुघर्टनामा २२ जना घाइते, कोशी राजमार्ग अवरूद्द

सन्तोष रुचाल
१७ पुस, धनकुटा । धनकुटाको बाख्रेखोला नजिक मंगलबार साँझ बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् ।  भोजपुरबाट धरानतर्फ जाँदै गरेको ना ४ प ५६१३ नम्बरको सावाँ पोखरी यातायातको यात्रुबाहक बस धनकुटा नगरपालिका–३ बाख्रेखोला नजिक पल्टेर दुर्घटना भएको हो ।

घाईतेहरुको जिल्ला अस्पताल धनकुटामा उपचार भईरहेको छ । ओरालोमा ब्रेक फेल भएर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाले जनाएको छ । दुर्घटनापश्चात बस चालक फरार छन् ।

यसैबीच सडकमा बस पल्टेपछि कोशी राजमार्गको धरान–धनकुटा सडकखण्ड अवरुद्ध बनेको छ । राजमार्ग अवरुद्ध बनेपछि दर्जनौ सवारी साधनहरु रोकिएर बसेका छन् । अवरुद्ध राजमार्ग खुलाउने पहल भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment