Comments Add Comment

शाहरुखको छोरो कुन युवतीसँग डेट गर्दैछन् ?

फिल्म मेकिङ पढ्दैछन् आर्यन

आर्यन खान के गर्छन्, कसरी बस्छन्, कोसँग डेट गर्छन्, कहाँ घुम्छन्, के पढ्छन् ? वि-टाउनमा चियोचर्चा भइरहन्छ । स्वभाविक पनि हो, बलिउड स्टार शाहरुख खानको छोरो भएपछि ।

हुन त यतिबेला बलिउडमा दोस्रो पुस्ताकै जगजगी बढ्दैछ । एकाएक स्टार किड्स बलिउडमा प्रवेश गर्दैछन् । सारा अली खानदेखि जान्वी कपूरसम्म यस पंक्तिमा छन् । तर, शाहरुख पुत्र आर्यन भने त्यो हुलमुलमा छैनन् । अर्थात उनी बलिउड प्रवेश गर्ने लाइनमा उभिएका छैनन् । आर्यनले बलिउडमा इन्ट्री गर्नेबारे हल्ला नचलेको होइन । तर, ति हल्ला केवल हल्ला मात्र हुन् भन्ने साबित भइसकेको छ ।

यद्यपी बेलाबखत चाहि के चर्चा सुनिन्छ भने आर्यनले फिल्म खेल्नेछन् र उनलाई निर्देशक करण जोहरले मौका दिनेछन् । भनिहालौं, करण र आर्यन पिता शाहरुख खानबीच एकदम घनिष्ठ सम्बन्ध छ । आर्यनले बाल कलाकारको रुपमा कभी खुसी कभी गममा अभिनय गरेका थिए ।

फिल्म खेल्ने कुरामा आर्यन अहिले नै स्पष्ट छैनन्, सायद ।

त, आर्यन के गर्छन् त ?

ठ्याक्कै यतिबेला चाहि आर्यन आफ्ना साथीहरुसँग होलिडे मनाइरहेका छन्, प|mान्समा । हालै मात्र उनले शोसल मिडियामा आफ्नो तस्वीर शेयर गरेका छन् । उनको तस्वीरमाथि प्रशसंकले मन खोलेर तारिफ गरेका छन् । कतिले उनलाई भविष्यका सुपरस्टार भनेर फुर्काएका छन् ।

त्यसो त शोसल मिडियामा आर्यनलाई  पच्छ्याउनेको संख्या कम्ता छैन । शोसल मिडियामा उनलाई फलो गर्नेहरुको संख्या ९७ दशमलव ४ लाख छ ।

आर्यन कुनै सार्वजनिक स्थानमा पुग्नुहुँदैन, उनलाई प्रसंशकहरुले घेरा हाल्छन् । उनको अघिपछि क्यामेराको लेन्स सोझिन्छन् । केही समयअघि उनी एक रेष्टुरेन्टबाट बाहिरिदै थिए । ठिक त्यहीबेला उनलाई मिडियाले घेरा हाल्यो । साथसाथै केही अनाथ बालबच्चा पनि उनको नजिक पुगे र केही माग्न थाले । आर्यनले ति बच्चाहरुलाई पैसा दिए र उनीहरुको टाउकामा हात राखेर ‘बाई’ गरे । अनाथ बच्चाप्रतिको उनको यो प्रेम मिडियाको लागि मसला बनिहाल्यो ।

आर्यनप्रति सर्वसाधरणमा सकारात्मक छाप छ । अक्सर उनले शेयर गर्ने फोटो, भिडियोमाथि सकारात्मक प्रतिक्रिया आइरहेको हुन्छ ।

भनिहालौं, आर्यन यतिबेला अमेरिकामा फिल्म मेकिङ सम्बन्धी अध्ययन गरिरहेका छन् । यस्तोमा जब उनको विदा हुन्छ, तब उनी परिवार र साथीहरु भेट्न भारत आइपुग्छन् ।

आर्यन मार्शल आर्टमा निकै रुची राख्छन् । उनले सन् २०१० मा महाराष्ट्र ताइक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका थिए । उनी मार्शल आर्टमा ब्ल्याक बेल्ट बिजेता पनि हुन् ।

शाहरुख खान जस्ता स्टाइलिस पिताका छोरो, लाखौं युवतीको ढुकढुकी नहुने कुरै भएन । त्यसो त कतिपय बलिउडका स्टार किड्ससँग उनको नाम जोडिन्छ । अमिताभ बच्चनकी नातीनीसँग पनि आर्यनको नाम जोडेर चर्चा हुनछ ।

कतिपय मिडियाले के दावी गरेको छ भने, अमिताभकी नानिनी नव्यसँग आर्यनको गहिरो प्रेम छ । उनीहरु डेट गरिरहेका पनि भेटिन्छन् ।

भनिहालौ, अमिताभकी छोरीतर्फकी नातिनी नव्य नवेली नन्द र आर्यन एकसाथ लन्डनको सेवेनोएक्स स्कुलमा पढेका हुन् । उनीहरु त्यहीबाट प्रेममा परेको बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment