+
+

३८ वर्षीया अविवाहित दीपाले ‘मेन्टेन’ गरेकी हुन् त ?

अनलाइनखबर अनलाइनखबर
२०७० पुष २३ गते १४:०६

dipa-shree

भदौ ७ गते आफ्नो जन्मदिन मनाउँदै गर्दा चर्चित हाँस्यकलाकार दीपाश्री निरौलाले उमेर लुकाइन् । उनले जन्मदिनको दिनमा आफ्नो उमेर ‘स्विट १६’ बताएर सबैलाई ढल्दै गएको जोवन लुकाउने कोशिश पनि गरिन् ।

आखिर आजसम्म अविवाहित नै रहेकी दीपाको बास्तविक उमेर कति होला त, धेरैलाई चासो पनि लाग्न सक्छ । दीपाश्रीले आफूलाई अझै यूवती नै ठानेर ‘स्विट १६’ बताएपनि उनको उमेर पनि ढल्किसकेको छ । दीपाश्रीको जन्म सन् १९७५ अगष्ट ३० मा भएको हो । यस हिसाबले चर्चित हाँस्य कलाकार दीपाश्री ३८ बर्ष पुरा भैसकेकी छिन् ।

एक भेटमा दीपाश्रीले उमेर लुकाउन खोजेतापनि सार्वजनिक भएपछि आफूले ‘मेन्टेन’ गरेको बताइन् । ३८ बर्षको उमेरमा पनि आफू अझै सुन्दर र आकर्षक देखिनुलाई दीपा स्वास्थ्य र शरीर प्रति गरिएको ध्यान बताउँछिन् । उसो त हिजोआज उनको फिगर मोटाउँदै गइरहेको छ ।

बिहेको बिषयमा प्रश्न गर्दा ३८ बर्षकी यि कलाकारले खोजे जस्तो केटा नै नभेटेको जवाफ दिने गर्छिन् । ४० टेक्न लागेको उमेरले जीवनसाथी पाउन गाह्रो हुने लक्षण देखाइसकेको छ । ‘छ एकान छ’ सिनेमाको प्रचारका लागि देशव्यापी दौडधुपमा व्यस्त दीपाले अर्को बर्ष जन्मदिन मनाउँदा ‘स्विट १६’ भन्छिन् या ‘स्विट ३९’ भन्छिन्, हेर्न बाँकी नै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?