+
+

संविधानसभा बैठकसम्वन्धी मुद्दा विशेष इजलासमा

अनलाइनखबर अनलाइनखबर
२०७० पुष २३ गते १७:१०

२३ पुस, काठमाडौं । सर्वोच्च अदालतले मन्त्रिपरिषद् अध्यक्षले नै संविधानसभा बैठक आहृवान गर्नु पर्ने माग गर्दै दायर रिट विशेष इजलासमा पठाएको छ । साथै अन्तरिम आदेश जारी किन नगर्ने भन्दै २९ गतेभित्र लिखित जवाफ पेश गर्न सरकारका नाममा कारण देखाउ ओदश जारी गरेको छ ।

suprim-courtराष्ट्रपतिले आहृवान गर्नु पर्ने भन्दै परेको रिटमा भने सर्वोच्चको अर्को इजलासले लिखित जवाफ माग्दै अन्तरिम आदेश जारी गर्ने नगर्नेबारे दुबै पक्षलाई बोलाएर २४ गते सुनुवाईको मिति तोकिसकेको छ ।

मन्त्रिपरिषद् अध्यक्षले नै संविधानसभाको पहिलो बैठक आहृवान गर्नु पर्ने माग गर्दै मुकुन्द अधिकारीले दायर गरेको रिटमा सुनुवाई गर्दै न्यायाधीश प्रकाश वस्तीको इजलासले निवेदनको माग बमोजिम किन अन्तरिम आदेश जारी नगर्ने भन्दै २९ गते वा सो अगावै लिखित जवाफ पेश गर्न मन्त्रिपरिषद्सहितका विपक्षीका नाममा कारण देखाउ ओदश जारी गरेको हो । आदेशमा निर्वाचन परिणाम घोषणा भएको २१ दिनभित्र संविधानसभा बैठक आहृवान गरिसक्नु पर्ने भएकाले २९ गते नै पूर्ण सुनुवाईका लागि पेश गर्न भनिएको छ ।

संविधानको ब्याख्या समेत गर्नु पर्ने भएकाले विशेष इजलासमा पठाउन र सर्वोच्च बार तथा नेपाल बार एसोसिएसनबाट २/२ जना एमिकस क्यूरी पठाउन समेत भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?