स्वर्गिय निर्देशक शिव रेग्मीले निर्देशन गरेकाले पनि ‘पराइ’को पत्रकार सम्मेलन उनको सम्झनामा केन्दि्रत भयो । निर्माता समेत रहेका नायक गोविन्द शाहीले रेग्मी भैदिएको भए सिनेमाको बारेमा धेरै कुराको जानकारी दिनु हुन्थ्यो भन्दै उनको संझना गरे ।
कार्यक्रममा बोल्दै नायिका गरिमा पन्तले ‘पराई’ हलसम्म नजादा मात्र भएको भन्दै गएपछि सबै आफन्त हुने दाबी गरिन् । सिनेमाको प्रचारमा नदेखिएका नायक निरज बराल पत्रकार सम्मेलनमा भने उपस्थित थिए । उनले ‘पराई ‘जस्तो सुन्दर सिनेमा छोडेर रेग्मी हामी सबैबाट बिदा हुनुभएको बताए । देश बाहिर रहेकाले नायिका नन्दिता केसी कार्यक्रममा उपस्थित हुन सकिनन् ।
दीपक कुमार शाही, कुन्ती शाही, गोविन्द शाही र कमल खड्काले संयुक्त रुपमा निर्माण गरेको यो सिनेमामा शम्भू सापकोटाको छायांकन छ । चलचित्रमा निरज बराल, गोविन्द शाही, गरिमा पन्त, नन्दिता केसीले मुख्य भूमिकामा अभिनय गरेका छन् । यो चलचित्र देशभरका ४० भन्दा बढि स्टेशनमा पौष २६ गतेबाट एकसाथ प्रदर्शनमा आउँदैछ ।
प्रतिक्रिया 4