Comments Add Comment

डिन डा. शशी शर्मा बर्खास्त, केसीले अनशन नतोड्ने

Dr-govinda-kc

८ माघ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले शिक्षण अस्पताल चिकित्साशास्त्र अध्ययन संस्थानका डिन डा. शशी शर्मालाई बर्खास्त गरेको छ । तर, प्रा. डा. गोविन्द केसीले भने माग पूर्ण नभएको भन्दै आमरण अनशन नतोड्ने अडान लिएका छन् ।

मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले निर्देशन दिएको २४ घण्टापछि त्रिवि कार्यकारी परिषद्ले बुधबार साँझ डिन शर्मालाई बर्खास्त गर्ने निर्णय गरेको हो । कार्यकारी परिषद्को निर्णय लगतै शर्मालाई हटाएको जानकारीसहितको पत्र बालुवाटार पुगेर मन्त्रिपरिषद् अध्यक्षलाई बुझाइएको छ ।

उपकुलपति हिराबहादुर महर्जनको हस्ताक्षर रहेको पत्रमा माघ ८ गतेदेखि लागू हुने गरी शर्मालाई डिनबाट हटाइएको उल्लेख रहेको मन्त्रिपरिषद् रेग्मीका प्रेस संयोजक राजेन्द्र पाण्डेले अनलाइनखबरलाई बताए ।

प्रा. डा. केसीले अनशन नतोड्ने

डिन शर्मा बर्खास्त भएपनि प्रा. डा. गोविन्द केसीले भने आमरण अनशन नतोड्ने भएका छन् । १२ दिनदेखि अनशनमा रहेका केसीको अवस्था गम्भीर छ ।

नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष केदारनरसिंह केसीले अनलाइनखबरसँग भने–गोविन्द केसीको मात्र पूरा भएको छैन । आंशिक मात्र सम्बोधन भएको छ । उहाँले अनसन तोड्नु हुन् र हाम्रा आन्दोलन पनि जारी रहेछ ।’ केसीले निवर्तमान डिन प्रकाश सायमीलाई पुर्नवहली गर्नु पर्ने र सायमीले अस्वीकार गरे वरिष्ठताका आधारमा नयाँ डिन नियुक्त गर्नु पर्ने, निजी कलेजलाई सम्वन्धन दिन पूर्ण रोक लगाउनु पर्ने र चिकित्साशास्त्र अध्ययन संस्थानलाई स्वायत्त बनाउनु पर्ने अडान लिएका छन् ।

यो पनि पढ्नुस् 

देशभरका डाक्टरलाई राजीनामा दिन चिकित्सक संघको अपिल

शिक्षण अस्पतालका भगवान भन्छन्–यस्तो अवस्थामा कसरी काम गरुँ

बिरामी जाँच्ने अस्पतालमा कविता !

चिकित्सकले विहीबार टुँडिखेलमा विरामी जाँच्ने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment