Comments Add Comment

एमाओवादी संसदीय दलको नेतामा प्रचण्डको नाम प्रस्ताव

prachanda-in-ca

१३ माघ, काठमाडौं । एकीकृत नेकपा माओवादीले संसदीय दलको नेता छान्ने जिम्मा हेडक्वार्टरलाई दिएको छ । कार्यालयलाई जिम्मा दिएपछि प्रचण्ड संसदीय दलको नेता र डा. बाबुराम भट्टराई उपनेता हुने सम्भावना बढेको नेताहरुले बताएका छन् ।

पूर्वपोलिटब्यूरो सदस्य र राज्य समितिका इन्चार्जसँगको छलफलपछि दलको नेता चयनको जिम्मा शीर्ष चार नेतालाई दिइएको हो । ‘दलको नेता चयन सहमतिको प्रक्रियामा गएको छ, चारजना बसेर टुङ्गो लगाउनुस् भनेका छौं’ पूर्वपोलिटब्यूरो सदस्य हरिबोल गजुरेलले अनलाइनखबरसँग भने-‘संविधानसभामा पार्टीको भूमिकालाई सशक्त बनाउन शीर्ष नेतृत्व नै जानुपर्छ ।’ माओवादी हेडक्वार्टरमा पार्टी अध्यक्ष प्रचण्डसँगै नेताहरु डा. बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ र पोष्टबहादुर बोगटी छन् ।

प्रचण्डले कृष्णबहादुर महरालाई संसदीय दलको नेता बनाउने प्रस्ताव गरेपनि नेताहरुले विरोध गरेका छन् । प्रचण्ड पक्षधर नेताहरुले अध्यक्ष नै दलको नेता हुनुपर्ने अडान लिएका थिए भने केहीले दोस्रो पुस्तालाई अघि सारेर शीर्षनेताहरु पार्टी निर्माणमा लाग्नुपर्ने बताएका थिए ।

बैशाखमा संगठनात्मक सम्मेलन

माओवादी बैठकमा नेताहरुले आगामी बैशाखमा संगठनात्मक सम्मेलन गर्न पार्टी नेतृत्वलाई सुझाव दिएका छन् । सम्मेलनपछि तयारी गरेर अर्को वर्ष विशेष महाधिवेशनमा जान सकिने उनीहरुको सुझाव छ ।

‘केही नेताको महाधिवेशन नै गर्ने भन्ने छ, सातौं महाधिवेशनमा टेकेर सम्मेलन गरौं पनि भनेका छन्’ पूर्वपोलिटब्यूरो सदस्य देवेन्द्र पौडेलले अनलाइनखबरसँग भने- ‘के प्रस्ताव ल्याउने हो, कार्यालयलाई जिम्मा दिइएको छ ।’

नेतृत्व रुपान्तरणका लागि छानविन आयोग बनाउने प्रस्ताव भए पनि सहमति भएको छैन । ‘केहीले आयोग गठन गर्नुपर्छ भनेका छन्’ एक नेताले भने-‘यसअघि पनि आयोग बनाएर केही भएन । अब फेरि बनाएर मात्रै के गर्नु भन्ने कुरा पनि आएको छ । यसबारे केही ठोस

भएको छैन ।’

माओवादी अध्यक्ष प्रचण्डले केन्द्रीय समिति बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा पार्टी नेता कार्यकर्ता बिगि्रएको भन्दै आफैंबाट रुपान्तरणको प्रक्रिया सुरु गर्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment