Comments Add Comment

स्कन्द पुराणको रहस्यः हावा के हो ?

ऋाज विज्ञानले प्रकृतिको कति रहस्या उद्घाटन गरिदिएको छ । कतिपय रहस्यबारे भने भेउ समेत पाउन सकिरहेको छैन । अझैपनि विज्ञान अनेकन खोज-अनुसन्धानकै क्रममा छ । जबकी सदियौं पुराना हाम्रो पूर्विय ग्रन्थ वेद र पुराणमा ति रहस्यहरु खुलिसकेका छन् ।

हिन्दु धर्ममा प्रकृतिको हरेक रहस्या खुलाइएको छ । प्रकृतिका यी प्रत्येक तत्वलाई एक देवता नियुक्त गरिएको छ । तत्वको कार्यलाई मिथकिय रुप दिएर सम्झाईएको छ । यही कारण कहिले काहीँ भ्रम हुन्छ कि के यी देवता हुन् कि प्राकृतिक तत्व ?

राम्ररी बुझ्ने प्रयास गर्ने हो भने यी भ्रम मेटिनेछन् । देवता अलग र प्राकृतिक तत्व अलग र परमपिता परमेश्वर अलग हुन् । तर, यी एकअर्कासँग गाँसिएको छ । जसरी आत्मा र शरीर अलग हुन् । तर, एकअर्कामा समाहित छन् । अर्थात जोडिएका छन् । यसै किसिमले शरीरलाई नै आत्मा सम्झने भुल त्यसरी नै गरिन्छ, जसरी प्राकृतिक तत्वलाई देवता सम्झने भुल गरिन्छ ।

सात लोक

प्हिला तीन भूलोक, भुवर्लोक र स्वर्गलोक । यी तीन लोकलाई त्रैलोक्य भनिन्छ । यी त्रैलोक्य नाशवान लोक हुन् । दोस्रो तीन जनलोक, तपलोक तथा सत्यलोक । यी तीन अनश्वर वा नित्य लोक हो । नित्य र अनित्य लोकका बीचमा महर्लोकको स्थिती मानिएको छ । उक्त ७ मा त्रैलोक्याको वायुको वर्णन गरिएको छ ।

तपाईंलाई यो कुरा थाहा पाएर आश्चर्य लाग्न सक्छ कि वेदमा वायुको ७ शाखाको बारेमा विस्तारमा वर्णन गरिएको छ । अधिकतर व्यक्ति यही सम्झन्छ कि वायु त एक प्रकार नै हुन्छ, तर त्यसको रुप बदलिरहन्छ । जस्तो चिसो वायु, तातो वायु र समान वायु । तर यस्तो हुँदैन ।

खासगरी जलभित्र वायु हुन्छ । त्यसलाई वेद पुराणमा अलग मानिएको छ । आकाशमा स्थित वायुलाई अलग मानिएको छ । अन्तरिक्षमा जुन वायु छ, त्यसको नाम अलग छ । पातलमा स्थित वायुको नाम अलग छ । नाम मात्र अलग होइन, ति वायुको गुण र व्यवहार पनि अलग छन् ।

यस किसिमले वेदमा ७ प्रकारको वायुको वर्णन मिल्छ ।

यी हुन् सात प्रकारका वायु

प्रवाह

पृथ्वीको लांघकर मेघमंडलपर्यंत जुन वायु स्थित छ, त्यसको नाम प्रवाह हो । यस प्रवाहको पनि प्रकार छन् । यो वायु अत्यन्त शक्तिमान हुन्छ । त्यही बादल यताउता उडिरहन्छ । घाम र गर्मीले उत्पन्न हुने मेघलाई यही प्रवाह वायुको समुद्र जलले परिपूर्ण गर्छ, जहाँ यो मेघ कालो घटाको रुपमा परिणत हुन्छ । र, अतिशय वर्ष गर्ने खालको हुन्छ ।

आवह

आवह सूर्यमन्डलमा बाँधिएको हुन्छ । यसैद्वारा ध्रुवबाट आबद्ध भएर सूर्यमन्डलमा घुम्छ ।

उद्वह

वायुको तेस्रो शाखाको नाम हो, उद्वह, जो चन्द्रलोकमा प्रतिष्ठित छ । यसैद्वारा ध्रुवबाट संबद्ध भएर यो चन्द्रमण्डलमा घुम्छ ।

संवह

वायुको चौथो शाखाको नाम संवाह हो, जो नक्षत्र मण्डलमा स्थित छ । त्यहीबाट ध्रुवमा आबद्ध भएर सम्पूर्ण नक्षत्र मन्डल घुम्छ ।

विवह

पाँचौ शाखाको नाम विवह हो र यो ग्रह मण्डलमा स्थित हुन्छ । यसैद्वारा यो ग्रह चक्र धु्रवबाट संबद्ध भएर घुमिरहन्छ ।

परिवह

वायुको छैंठो शाखाको नाम परिवह हो, जो सप्तषिर्मन्डलमा स्थित छ । यसैद्वारा ध्रुवबाट संबद्ध भएर सप्तषिर् आकाश भ्रमण गर्छ ।

परावह

वायुको सातौं स्कन्धको नाम परावह हो, जो ध्रुवमा आबद्ध हुन्छ । यसैद्वारा ध्रुव चक्र तथा अन्यान्य मन्डल एक स्थानमा स्थापित हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment