News Summary
Generated by OK AI. Editorially reviewed.- डिसेम्बरको मध्यतिर चाडपर्वको व्यस्तताका कारण धेरैले आफ्नो 'जोडी'बारे पुनर्विचार गरी ब्रेकअप गर्ने गर्छन् र डिसेम्बर ११ लाई ब्रेकअप डे मनाइन्छ।
- ब्रेकअपपछि मानसिक स्वास्थ्य सुधारका लागि निश्चित तालिका बनाउने, दैनिक कम्तीमा २० मिनेट व्यायाम गर्ने र स्वस्थ भोजन सेवन गर्न सुझाव दिइन्छ।
- ब्रेकअपलाई जीवनको उद्देश्य खोज्ने अवसर मान्दै सम्बन्ध टुंगो लगाएर अगाडि बढ्नुपर्ने विज्ञहरूले बताउनुभएको छ।
विज्ञहरूका अनुसार डिसेम्बरको मध्यतिर धेरै ब्रेकअप हुन्छ । चाडपर्वको समयमा काम, पार्टी, साथीभाइसँगको भेटघाट र पारिवारिक जमघटहरूमा व्यस्त हुने भएकाले धेरैले आफ्नो ‘जोडी’बारे पुनर्विचार गर्ने बताइन्छ । सोही कारण डिसेम्बर ११ मा ब्रेकअप डे नै मनाइन्छ ।
यद्यपि जाडो मौसममा नै ब्रेकअप हुन्छ भन्ने छैन । यो जहिल्यै पनि हुन सक्छ ।
ब्रेकअपबाट निस्कने उपाय
१. एउटा निश्चित तालिका बनाउने र पालना गर्ने
ब्रेकअपपछि धेरैले आफ्नो सम्पूर्ण संसार टुक्रिएको जस्तो महसुस गर्छन् । तपाईंले पनि त्यस्तै महुसस गर्नुभएको हुन सक्छ । ‘अब भविष्य छैन । आफूसँग कोही पनि छैन’ जस्ता सोच आउन सक्छ । तर त्यसबाट बँच्ने उपाय भनेको एउटा निश्चित तालिका बनाउने र त्यसलाई अक्षरश पालाना गर्ने हो । यसो गर्दा तपाईंलाई चुप लागेर दुःखमा बस्न पाउनुहुन्न । विशेषत: तपाईंले स्वस्थ र सन्तुष्टि दिने गतिविधिहरूले भरिएको तालिका बनाउन सक्नुहुन्छ ।
२. आफ्नो शरीरलाई चलायमान बनाइरहने
कुनै पनि व्यायाम शरीरका लागि फाइदाजनक हुने त तपाईंलाई थाहै छ । व्यायाम मानसिक स्वास्थ्यका लागि पनि राम्रो हुन्छ । किनकि ब्रेकअपपछि मानसिक स्वास्थ्यमा गम्भीर असर पर्छ । त्यसबाट बँच्न हरेक दिन कम्तीमा २० मिनेटका लागि मात्र आफ्नो शरीरलाई चलाउँदा तपाईंको निद्रा सुधार गर्न मद्दत गर्न सक्छ । किनकि धेरै जना चिन्ताका कारण ब्रेकअप पछि निदाउन सक्दैनन् । हिँडेर होस्, तौल उठाएर, स्ट्रेचिङ गरेर वा काम गरेर शरीरलाई चलायमान बनाउन सकिन्छ ।
३. स्वस्थ भोजन सेवन गर्ने
आफूले जीवन बिताउने सोचेको व्यक्तिसँग ब्रेकअप हुँदा त्यो मृत्युको शोकसरह हुन्छ । त्यसले गर्दा कोहीकोहीले खाना खान नसक्ने, खाना नै नखाने अथवा एक गाँस खाँदा पनि वाकवाकी लाग्ने हुन सक्छ । तर यस्तोमा स्वच्छ र ताजा खाना खाने भरपूर प्रयास गर्नुपर्छ । किनकि स्वस्थ र पौष्टिक खानाहरूले नै शरीरमा सकारात्मक ऊर्जा प्रवाह गर्छ ।
४. जीवनको उद्देश्य खोज्ने
ब्रेकअप अवश्य पनि दु:खको क्षण हो । यसमा आफ्नो सबै गुमेको जस्तो लाग्छ । तर तपाईंले यही समयमा आफ्नो रुचि, आकांक्षा, उद्देश्य खोज्नु भए सजिलै ‘मुभ अन’ हुन सक्नुहुन्छ । किनकि ब्रेकअप आफूसँग जोडिने अथवा आफ्नो उद्देश्यलाई पुनः परिभाषित गर्ने उत्तम अवसर पनि हो ।
५. आफ्नोतर्फबाट टुंगो गर्ने
ब्रेकअपपछि सम्बन्धमा पुन: ‘फर्किने’ भन्ने सायदै होला । जसको अर्थ सम्बन्धको अन्त पनि हो । यो कुरालाई तपाईंले राम्ररी टुङ्ग्याउनु पर्ने हुन्छ, ताकि तपाईं सजिलै अगाडि बढ्न सक्नुहोस् । तर, सधैं सरल अवस्था हुँदैन । ब्रेकअप पछि धेरै जना रिस, चोट, पछुतोमा बाँच्छन् । त्यसले नराम्रो नतिजा ल्याउने बाहेक अरू केही गर्दैन । त्यसकारण अवस्थालाई जस्ताको तस्तै स्वीकार गर्नुहोस् । यस्तोमा के गल्ती भयो भन्ने कुरा केही सोच्नुहुन्न । वस्, एउटा राम्रो याद तयार भयो भनेर अघि बढ्नुपर्छ ।
(एजेन्सीहरूको सहयोगमा)
प्रतिक्रिया 4