+
+
Shares

जसपा–लोसपा एकताले पायो निर्वाचन आयोगबाट मान्यता

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ३० गते १६:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • निर्वाचन आयोगले जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी बीचको एकतालाई मान्यता दिएको छ।
  • लोसपा औपचारिक रुपमै जसपा नेपालमा गाभिएको छ, आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए।
  • गत पुसमा दुई दलले एकीकरण गर्ने सहमति गरेका थिए र निर्वाचन अघि आयोगमा निवेदन दिएका थिए।

३० वैशाख, काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीचको एकतालाई मान्यता दिएको छ । दुई दलको एकीकरणलाई मंगलबार मान्यता दिने निर्णय गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

‘लोसपा औपचारिक रुपमै जसपा नेपालमा गाभिएको छ,’ प्रवक्ता भट्टराईले भने ।

गत पुसमा उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल र महन्थ ठाकुर नेतृत्वको लोसपाले एकीकरण गर्ने सहमति गरेको थियो । उनीहरूले एकताको मान्यता पाउन निर्वाचन अघि नै आयोगमा निवेदन दिएका थिए ।

२१ फागुनमा सम्पन्न निर्वाचनमा जसपा नेपालले समानुपातिक तर्फ १ लाख ८२ हजार २८५ मत पाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?