Comments Add Comment

मोरङमा नागरिकता बनाउनेको भीड, दिनमा १५० जनालाई टोकन

२४ चैत, विराटनगर । जन्मसिद्धका आधारमा नागरिकता लिएका आमाबुबाको सन्तानलाई बंशजका आधारमा नागरिकता दिन गृह मन्त्रालयले पत्राचार गरेपछि मोरङको जिल्ला प्रशासन कार्यालयमा यस्तो नागरिकता बनाउन आउनेको भीड लागेको छ ।

नागरिकता बनाउने सेवाग्राहीको भीड बढेपछि शुक्रबार दिउँसो प्रशासन कार्यालयले प्रवेशद्वार नै बन्द गर्‍यो । भीड नियन्त्रण गर्न प्रशासन कार्यालयले आइतबारदेखि टोटन प्रणाली सुरु गरेको छ ।

‘८ गतेसम्मको टोकन गइसक्यो’ मोरङका सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले भने ‘अब आउनेहरुले ९ गतेको टोकन पाउँछन् ।’ कार्यालयले दिनमा १ सय ५० जनालाई टोकन दिने गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले दुईवटा कम्युटरमा सिस्टम जडान गरी नागरिकता प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment