+
+
Shares

एभर्टनसँग हार्‍यो आर्सनल, गुम्यो तेस्रो स्थानमा उक्लिने मौका

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत २५ गते ७:२१

२५ चैत, काठमाडौं । आर्सनल इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनसँग पराजित भएको छ । यो हारसँगै तेस्रो स्थानमा उक्लिने अवसर आर्सनलले गुमाएको छ ।

आइतबार राति भएको खेलमा आर्सनल एभर्टनसँग उसैको मैदानमा १-० गोलले स्तब्ध बनेको हो । एभर्टनको जितमा फिल जगिएल्काले निर्णायक गोल गरे ।

खेलको १०औं मिनेटमा नै जगिएल्काले गोल गरेपछि एभर्टनले १-० गोलको अग्रता बनाएको थियो । खेलको सुरुवाती समयमै अग्रता लिएको एभर्टनले अन्तिम समयसम्म पनि आफ्नो अग्रतालाई कायमै राख्न सफल भयो ।

खेल अवधिभर आर्सनलले बल पकड आफ्नो पक्षमा पारेपनि गोल गर्न भने सकेन ।

लिगको चौथो स्थानमा रहेको आर्सनलको ३२ खेलबाट ६३ अंक छ । तेस्रो स्थानमा रहेको टोटनहृयामको समान खेलबाट ६४ अंक छ ।

लिगको शीर्ष स्थानमा भने लिभरपुल छ । लिभरपुलको ३३ खेलबाट ८२ अंक छ । दोस्रो स्थानको म्यानचेस्टर सिटीको भने ३२ खेलबाट ८० अंक छ । आर्सनलमाथि विजयी हात पारेको एभर्टन भने ४६ अंक बनाएर लिगको नवौं स्थानमा छ ।

Results

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?