Comments Add Comment

स्वास्थ्य संस्था बन्द हुँदा बालबालिकाले खोप पाएनन्

९ असार, जाजरकोट । जाजरकोटको भगवती गाविसमा रहेको उपस्वास्थ्यचौकी एक महिनादेखि बन्द हँुदा स्वास्थ्य सेवा प्रभावित भएको छ । कर्णाली अञ्चलको डोल्पा जिल्लासँग जोडिएको यो गाविसमा जाजरकोट, रुकुम र डोल्पाका स्थानीय उपचारका लागि यहाँ आँउने गरेका छन् ।

एक महिनाअघि स्वास्थ्यचौकीमा ताला लगाएर कर्मचारीहरु लोकसेवा आयोगको परीक्षा दिन हिँडेपछि अहिले यहाँका नागरिक स्वास्थ्य सेवाबाट वञ्चित भएको स्थानीय मोहन बस्नेतको भनाइ छ । दिनमा १२ देखि २० जनाको सङ्ख्यामा बिरामी उपचारका लागि आउने गरे पनि स्वास्थ्य संस्था बन्द भएको कारण उपचार नगरेरै र्फकने गरेको उनले वताए ।

ग्रामीणस्तरमा कहिले स्वास्थ्यकर्मी नहुने त कहिले औषधि नहुँदा यहाँका जनताले पीडाबाहेक अरू केही नपाएको गुनासो स्थानीय कालीबहादुर नेपालीको छ । स्वास्थ्यकर्मी नहँुदा असार ५ देखि ८ गते लगाउनुपर्ने नियमित खोपसमेत यहाँका एक वर्षमुनिका बालबालिकाले लगाउन पाएका छैनन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment