Comments Add Comment

व्यवस्थापन समितिका अध्यक्षद्वारा शिक्षकमाथि हातपात

९ असार, म्याग्दी । म्याग्दीको राखु भगवती-९ मा रहेको देउराली प्राविमा विद्यालय व्यवस्थापन समितिका अध्यक्षद्वारा शिक्षकमाथि हातपात भएको छ ।

विद्यालयको बैठकमा भनाभन हुँदा व्यवस्थापन समितिका अध्यक्ष थानबहादुर भण्डारी र उनका छोरा प्रकाश भण्डारीले शिक्षक दीर्घादत्त शर्मामाथि हातपात गरेको प्रहरीले जनाएको छ । बैठकमा आपसी भनाभनबाट विवाद सिर्जना भई भण्डारीका बाबु छोराले शिक्षक शर्मालाई कुठपिट गरेका हुन् ।

कुटपिटबाट घाइते भएका शर्मालाई जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि पोखरास्थित गण्डकी अस्पतालमा पठाइएको छ । कुटपिटको घटनामा संलग्नलाई आवश्यक कारबाही गरिने प्रहरीले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment