+
+

पर्सामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७१ असार १० गते ९:४८

१० असार, वीरगञ्ज । पर्सामा मोटरसाइकलको ठक्करबाट एक बृद्धको मृत्यु भएको छ । सिमराबाट वीरगन्जतर्फ आउँदै गरेको ना ३ प ७३७१ मोटरसाइकलले जितपुरमा गएराति ठक्कर दिँदा गढीमाई नगरपालिका-७ का ६५ वर्षीय वाजुल हकको मृत्यु भएको हो ।

मोटरसाइकलको ठक्करबाट घाइते भएका हकको वीरगन्जको नेसनल मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्सा प्रहरीले जानकारी दिएको छ । मोटरसाइकल चालक मकवानपुर आमभञ्ज्याङ-१ का बलिराम अधिकारीलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।

यसैबीच राससका अनुसार पर्साको बागेश्वरी तित्रौना-४ फुलवरिया टोलमा गत जेठ २५ गते दुई दाजुभाइबीच भएको कुटपिटमा घाइते भएकामध्ये एकजनाको उपचारका क्रममा मृत्यु भएको छ ।

कुटपिटमा घाइते भएका स्थानीय ६० वर्षीया शीवनाथ महतोको वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । स्थानीय विश्वनाथ महतो र उनका दाजु शिवनाथ महतोबीच जग्गाको विषयमा विवाद भई जेठ २५ गते कुटपिट हुँदा दुवै पक्षका गरी पाँचजना घाइते भएका थिए ।

कुटपिटमा संलग्न मृतकका भाइ विश्वनाथलाई प्रहरीले कुटपिट भएकै दिन नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएको इलाका प्रहरी कार्यालय एकटाङगाका प्रहरी नायब निरीक्षक गोपाल भट्टराईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?