Comments Add Comment

हङकङ अवार्डमा रेखा, नम्रता, निता, ऋचा र केकीको भिडन्त

IMG_8693

नेपाल चलचित्र प्राविधिक संघले हङकङमा आयोजना गर्न लागेको ‘सातौ नेफ्टा फिल्म अवार्ड’का लागि उत्कृष्ट ५ को नाम सार्वजनिक गरेको छ । विभिन्न ३४ विधाका उत्कृष्ट ५ को नाम काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा घोषणा गरियो ।

३ साता लगाएर जुरीहरुले ६० भन्दा बढी सिनेमा हेरेपछि अन्तिम ५ को नाम सार्वजनिक गरिएको हो । यसपश्चात आयोजकले उत्कृष्ट ३ को नाम सार्वजनिक गर्नेछ । ३४ विधाका उत्कृष्ट चलचित्रकर्मी र फिल्मको नाम नेफ्टाले सार्वजनिक गरेको हो ।

नेफ्टाले नायक नायिकालाई पपुलर विधा अन्र्तगत २ वटा विधा छुट्टयाएको छ । जसमा पपुलर नायकतर्फ आर्यन सिग्देल, दयाहाङ राई, सौगात मल्ल, अर्पण थापा र जीवन लुइटेल छन् । यस्तै पपुलर नायिकातर्फ रेखा थापा, नम्रता श्रेष्ठ, केकी अधिकारी, प्रियंका कार्की र निता ढुंगाना छन् ।IMG_8645 IMG_8661 IMG_8678 IMG_8702 IMG_8728 IMG_8737

यस्तै पपुलर सिनेमा अन्र्तगत काली, रिदम, होस्टेल, नाई नभन्नु ल २, छ एकान छ छन् । यी बाहेक वेष्ट फिल्ममा धन्दा, होस्टेल, मोक्ष, मौन र रिदम परेका छन् । वेष्ट निर्देशकतर्फ सुरज सुब्बा ‘नाल्बो’, मनोज पण्डित, दीनेश डीसी, सुदर्शन थापा, विकास आचार्य नोमिनेशनमा परेका छन् । वेष्ट नायिकातर्फ केकी अधिकारी, निता ढुंगाना, रेखा थापा, नम्रता श्रेष्ठ र ऋचा शर्मा नोमिनेशनमा छन् । वेष्ट नायकमा अर्पण थापा(२ वटा सिनेमाबाट), सौगात मल्ल, आर्यन सिग्देल र जिवन लुइटेल परेका छन् । नव निर्देशकको विधामा दीपा बस्नेत, हेमराज वीसी, आशिफ शाह, सुरज भुषाल, प्रविण श्रेष्ठ नोमिनेशनमा छन् ।

नव नायिकातर्फ प्रकृती श्रेष्ठ, पूजा शर्मा, सुजता कोइराला, दर्शन शाही, मलिना जोशी नोमिनेशनमा परेका छन् । नव–नायकमा अभिनाष गुरुङ, अनमोल केसी, गौरब पहाडी, कोशिश क्षेत्री र श्याम अर्याल उत्कृष्ट ५ मा छन् ।

हङकङमा चाडै नै कार्यक्रम गरी आयोजकले अवार्ड वितरण गर्नेछ । जसका लागि आयोजक टोली केही दिनमै हङकङ पुग्नेछ । दर्शकले एसएमएस मार्फत मनपर्ने कलाकारलार्ई भोट गर्न सक्नेछन् । कार्यक्रममा आयोजकले केक समेत काटेको थियो । कार्यक्रममा पुगेका नायिका, जुरी र आयोजकले संयुक्त रुपमा केक काटे । अध्यक्ष मनोज केसी र महा–सचिव अनन्त तिमिल्सिना, उपाध्यक्ष पुष्कर लामाले अवार्ड बिषयमा आफ्ना धारणा राखेका थिए ।

केही समय पश्चात पोखरामा उत्कृष्ट ५ मा पर्न सफल चलचित्रकर्मीलाई लगेर आयोजकले अन्तिम ३ को घोषणा गर्ने जनाएको छ । अन्तिम ३ मा पर्न सफल चलचित्रकर्मी हङकङमा आयोजना हुने अवार्डमा सहभागी हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment