प्रख्यात फेसन ब्राण्ड डोनियरका आकर्षक सुट, ट्राउजर र सर्टका कपडाहरु नेपाली बजारमा भित्रिएका छन् । मंगलबार राजधानीमा कार्यक्रम आयोजना गरि डोनियर ब्रान्डका कपडाहरु सार्वजनिक गरियो ।
सोही कार्यक्रममा डोनियरले नेपाली क्रिकेट टिमका कप्तान पारस खड्कालाई आफ्नो ब्रान्ड एम्ब्यासडर नियुक्त गरेको छ । डोनियर इन्डस्ट्रीजका कार्यकारी निर्देशक अजय अग्रवाल र पारस खड्काले सहमती पत्रमा हस्ताक्षर गरेका छन् ।
तीन वर्षका लागि ब्रान्ड एम्ब्यासडर बन्ने सहमती गरेपछि पारस खड्काले प्रख्यात फेशन कम्पनीको ब्राण्ड एमबेसेडर बन्न पाएकोमा खुशी लागेको बताए । ‘डोनियरले म, मेरो व्यक्तित्व र एउटा क्रिकेटरले उनिहरुको प्रतिनिधित्व गर्न सक्छ भन्ने विश्वास गरेकोमा धेरै आभारी छु’ उनले भने ।
डोनियरका कार्यकारी निर्देशक अजय अग्रवालले भने, ‘हामि नेपाली बजारको हिस्सा बन्न पाएकोमा निकै हषिर्त छौं र हामीलाई विश्वास छ कि हाम्रा उत्पादनहरु नेपाली ग्राहकहरुले निक्कै मन पराउने छन् । हामी जहाँ गए पनि के विश्वास गर्छौं भने हाम्रो विचारहरुलाई भन्दा ग्राहकको इच्छालाई बढी महत्व दिनु पर्छ । त्यहि भएर हामीले हाम्रो ब्राण्ड एम्ब्यासडरको रुपमा पनि नेपालकै पारस खड्कालाई लिएका छौं ।’
२००७ मा भारतमा आफ्नो बजार विस्तार गर्दा डोनियरले त्यति बेलाका युवा खेलाडी युवराज सिंहलाई आफ्नो ब्राण्ड एम्ब्यासडर बनाएको थियो । आफ्ना विचारहरु देश-विदेशमा लागे तापनि डोनियरले कहिले पनि स्थानीय विचार र विश्वासहरुलाई बेवास्ता गर्दैन । त्यसैले डोनियरले हरेक ठाउँका स्थानीय व्यक्तित्वहरुलाई नै आफ्नो प्रतिनिधि बनाउने गरेको अग्रवालले बताए ।
आफ्नो रेडी-टू-स्टिच क्षेत्रमा सबैभन्दा अभिनव मानिने डोनियरले प्राथमिक रुपमा मध्य र प्रिमियम क्षेत्रलाई उच्च स्तरको प्राकृतिक रेशा, कृत्रिम रेशा र अन्य मिश्रणबाट उत्पादित आफ्ना उत्पादनहरु प्रदान गर्छ ।
डोनियरले आफुले उत्पादन गरेको कपडाहरु र आफ्नो सुनियोजित र विस्तृत संजालबाट भारत भरिका सबै मानिसहरुलाई प्रभावित गरेको अग्रवालले दबी गरे । भारतका २९ राज्य र ७ संघिय क्षेत्रभरिमा डोनियरको अहिले ४४ एजेन्ट, २९० होलसेलर र १२हजार रिटेलर छन् । भारतमा मात्रै नभइ डोनियरका उत्पादनहरु अन्य २८ वटा देशहरुमा पनि निर्यात हुँदै आएका छन् । अहिले कम्पनीको उत्पादन क्षमता ४५ लाख मिटर प्रति महिना रहेको छ ।
प्रतिक्रिया 4