Comments Add Comment

कमल थापाको भविश्यवाणी- विश्वकप ब्राजिलले जित्छ

Kamal-thapa

राप्रपा नेपालका अध्यक्ष कमल थापा भेट्रान टेनिस खेलाडी पनि हुन् । राजनीतिमा जतिकै उनी खेलकुदमा सक्रिय छन् र भारतमा हुने टेनिस प्रतियोगितमा भाग लिन्छन् र उपाधि समेत जितेका छन् ।

उनको नेपाली खेलकुद, विशेषत फुटबलसँग अर्को पनि साइनो छ । उनका भाइ गणेश थापा दुर्इ देशकदेखि नेपाली फुटबल हाँकिरहेका छन् ।

थापा भने इङ्ल्याण्डका फ्यान हुन् । आफूले समर्थन गरेको टिम समूह चरणबाटै बाहिरिएपछि थापाले ब्राजिलले उपाधि जित्ने भविश्यवाणी गरेका छन् ।

राप्रविसं नेपाल काठमाडौं ईन्जिनियरिङ्ग कलेज ईकाइ समितिले आयोजना गरेको फाइभ ए साइड फुटवल प्रतियोगिताको उद्घाटन गर्दै थापाले ब्राजिलियन टिममा क्षमतावान युवाहरुको बाहुल्यता रहेको बताए ।

नेदरल्याण्डको सुरूवात राम्रो भएपनि उपाधि जित्नेमा उनले आशंका गरे । उनले भनेका छन्-इतिहासलाई हेर्दा सुरुवातमा राम्रो गरेता पनि नेदरल्याण्डले पछि पछिको खेलमा राम्रो खेल्न सकेको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment