Comments Add Comment

टाटाले भित्रायो ‘स्टार बस अल्ट्रारेन्ज’का बसहरु

Tata bus (3)
भारतीय अटोमोबाइल कम्पनी टाटा मोटर्सको ‘स्टार बस अल्ट्रारेन्ज’ बसहरु नेपाली बजारमा भित्रिएका छन् । टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रडिङ प्रालिले बिहीबार राजधानीमा एक कार्यक्रम आयोजना गरि उक्त बस सार्वजनिक गर्‍यो ।

स्टारबस अल्ट्रा रेन्जका बसहरु दैनिक यात्रालाई अझ सहज र सुविधाजनक बनाउने गरी निर्माण गरिएको कम्पनीले दाबी गरेको छ । कम्पनीले यस रेन्जमा स्टारबस अल्ट्रा, स्टारबस अल्ट्रा स्कुल, स्टारबस अल्ट्रा डिलक्स तथा स्टारबस अल्ट्रा, लक्जरी (एसी) बसहरु नेपाल भित्राएकोहो । यी बसहरुले यात्रुको सार्वजनिक यातायातमा सकारात्मक परिवर्तन ल्याउने विश्वास कम्पनीको छ । स्कुल/कलेज, कार्यालय, कर्मचारी, पर्यटन व्यवसाय लगायतका क्षेत्रलाई उपयुक्त यी बसहरु जस्तोसुकै बाटोमा सहज रुपमा गुडाउन सकिने बताइएको छ ।

आकर्षक स्टाइल, विश्वस्तरीय एरोडाइनामिक डिजाइन तथा एफआरपीमा भएको फ्रन्ट फेसले गाडीलाई खिया प्रतिरोधात्मक बनाएको कम्पनीले जनाएको छ । साथै, बसमा भएको अत्याधुनिक सस्पेन्सनले आरामदायी यात्रा र न्यून ध्वनि तथा न्युन भाइव्रेशनको ग्यारेन्टी गर्दछ ।

गाडीमा भएका विविध विशेषताले गाडीलाई उत्कृष्ट, सुुुरक्षित, अत्याधुनिक र आरामदायी बनाएको कम्पनीको  दाबी छ । गाडीहरुमा आर्कषक भित्री र बाहिरी सजावट, पर्याप्त क्याबिन र आरामदायी सिटहरु रहेका छन् । कम इन्धन खपत गर्ने यी गाडीमा प्रयोग गरिएको अत्याधुनिक स्टीलले गाडीलाई सुरक्षाको प्रत्याभूत गरेको छ ।

Tata bus (5)

टाटा मोटर्सको अन्तर्राष्ट्रिय बिजनेस-कमर्सियल भेहिकल्सका प्रमुख आरटी वासनले स्टार बस अल्ट्रा रेन्ज अन्तर्गतका बसहरु स्कुले विद्यार्थी, कर्मचारी, पर्यटकको सुविधाजनक र आरामदायी यात्रामा बढी उपयुक्त रहेको बताए । यी बसहरु बस सञ्चालक र पर्यटन व्यवसायीको व्यवसायका लागि विशेष सुहाउँदो भएको पनि उनको भनाई थियो ।

सिप्रदी ट्रेडिङ्गका प्रमुख कार्यकारी अधिकृत शम्भुप्रसाद दाहालले विशेष सुविधा तथा प्रविधि प्रयोग गरिएको नयाँ स्टार बस अल्ट्रा सबैका लागि उपयुक्त भएको बताए । टाटाले नेपाली बजारमा आफ्नो व्यवसायिक बिस्तार  गरिरहँदा सिप्रदी ट्रेडिङले टाटा मोटर्सका ग्राहकहरुलाई उत्कृष्ट खरिदका साथ उच्चस्तरीय आफ्टर सेल्स सेवा प्रदान गर्ने प्रतिवद्धता जनाए ।

टाटा मोर्टसले स्टार बस अल्ट्रामा ३ लाख किलोमिटर वा च्यासिस तथा एगि्रगेटहरुमा ३ वर्षको वारेन्टी जुन पहिला आउँछ, त्यही प्रदान गर्ने जनाएको छ । साथै, गाडी बडीमा १८ महिना वा एक लाख किलोमिटर वारेन्टी, जुन पहिला आउँछ, त्यो प्रदान गरिने भएको छ ।

Tata bus (1) Tata bus (4) Tata bus (6)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment