Comments Add Comment

नकआउट चरणको यात्रा थाल्दा ब्रालिज नर्भस

घरेलु टोली ब्राजिलले चिलीसँग खेल्दै विश्वकप फुटबलको नकआउट चरणको यात्रा थाल्दैछ । प्रि-क्वाटरफाइनलको पहिलो खेल नेपाली समय आनुसार राति पौने १० बजे हुनेछ ।

neymarतर, उपाधि जित्ने लक्ष्य दिएको ब्राजिल निकै नर्भस रहेको प्रशिक्षक लुइस फिलिप स्कोलारीले बताएका छन् । हामी चिन्तित हुनु स्वभाविक हो । यो नकआउट चरण हो र हामी गुमाउन चाहन्नौं’ उनले भनेका छन्-’हामी निकै डराएको छौं र नर्भस भएका छौं । ब्राजिलमा भएको भएर होइन किनकी यो विश्वकप हो ।’

समूह चरणमा घरेलु टोलीले क्रोएसिया र क्यामरुनविरुद्ध जित निकालेको थियो भने मेक्सिकोसँग गोलरहित बराबरी खेल्यो । दुई खेलमा चार गोल गरेका ब्राजिलका पोष्टर ब्वाय नेयमारले चार गोल गरेका छन् र उनी तीन सर्वाधिक गोलकर्तामध्ये एक हुन् ।

तर, समूह चरणमा चिलीको प्रदर्शन पनि कम रहेन । उसले चार वर्षअघिको च्याम्पियन स्पेनसँगै अष्ट्रेलियाविरुद्ध जित निकाल्दै अन्तिम १६ मा स्थान बनाएको छ । बार्सिलोनाका एलेक्स सान्चेजसहितको चिली अहिले राम्रो लयमा छ ।

इतिहास भने ब्राजिलको बलियो छ । दुई दक्षिण अमेरिकी देशबीचको भिडन्तमा दुई दशकयता ब्राजिलले हार देख्नु परेको छैन । घरमा अहिलेसम्म हार व्यहोर्नु परेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment