Comments Add Comment

उरुग्वे समर्थकले इङ्ल्याण्ड समर्थकको कान टोके

England-Fan-2

इटलीका डिफेण्डर जर्जियो चेलिनीलाई टोकेपछि उरुग्वेका स्टार स्ट्राइकर लुइस स्वरेज प्रतिवन्धमा परे । उनको अनुपस्थितिमा उरुग्वे कोलम्बियासँग पराजित हुँदै प्रि-क्वाटरफाइनलबाट बाहिरिएको छ ।

तर, स्वरेजले जर्जियोलाई ठोक्नु अघि नै उरुग्वे र इङ्ल्याण्डको खेलका क्रममा इङ्ल्याण्डका समर्थकको कानमा विपक्षी समर्थकले टोकेको घटना सार्वजनिक भएको छ । एरेना कोरिन्थियन्स स्टेडियममा भएको खेलमा स्वरेजको दुई गोलको मदतमा उरुग्वेले इङ्ल्याण्डविरुद्ध २-१ को जित निकालेको थियो ।

उरुग्वेका समर्थकको टोकाइबाट इङ्ल्याण्ड समर्थकको कानको टुक्रा नै चुडिएको प्रहरीले पुष्टि गरेको छ । पीडित युवकको कानबाट रगत आइरहेको भिडियो सार्वजनिक भएको छ ।

घटनाबारे स्थानीय प्रहरीले छानविन थालेको छ । यद्यपि कोही पनि पक्राउ परेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment