Comments Add Comment

राजालाई जस्तै राष्ट्रपतिलाई सम्मान (फोटो फिचर)

rambaran-yadav१६ असार, काठमाडौं । सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्न आइतबार नयाँ बानेश्वरस्थित व्यवस्थापिका संसदमा पुगेका राष्ट्रपति रामवरण यादवले विगतका राजाहरुको भन्दा कम खातिरदारी पाएनन् । राष्ट्रपतिको सवारी चलेका बेला राजधानीका सडकमा भने सर्वसाधारणलाई हिँडडुल गर्न नदिएर पञ्चायतकालीन स्मरण गराइयो ।

राष्ट्रपति यादवलाई स्वागत गर्न नयाँ बानेश्वरस्थित संविधानसभा भवन परिसरलाई बेहुलीझैं सिंगारिएको थियो । राष्ट्रपति पस्ने गेट महंगा फूलहरुले झकीझकाऊ बनाइएको थियो ।

नीति तथा कार्यक्रम सार्वजनिक गर्न राष्ट्रपति आउने भएपछि संसद सचिवालयका कर्मचारीले तामझामका साथ फूल र पानी भरिएका घडा मूलगेटबाटै रंग पोतेर सजाउन भ्याए । संविधानसभा भवनको मूलगेट अगाडिबाट रातो कार्पेट बिच्छ्याएर भवनसम्म पुर्‍याइएको थियो ।

Samsad-3

गाडीबाट ओर्लेका राष्ट्रपति रामवरण यादवलाई स्वागत गर्न नेपाली सेनाको बग्गीसहितको टोली तम्तयार थियो । एकातिर संसद सचिवालयका कर्मचारी फूल र घैला सजाउन व्यस्त थिए । राष्ट्रपतिको स्वागतमा बग्गी लिएर आएका घोडाले संविधानसभाको मूलद्वार अगाडि लिदी खसाएपछि नेपाली सेनाका जवानलाई घोडाको लिदी सोहोर्न भ्याई नभ्याई भयो ।

नेपाली झण्डा र ध्वजापताकाले रंगीचंगी बनाइएको संविधानसभा भवन अगाडिको दृश्य हेर्दा देशमा ठूलै उत्सव आएको भान पथ्र्यो । नीति तथा कार्यक्रम सार्वजनिक गर्न आउने राष्ट्रपतिलाई रातो कार्पेट ओच्छ्याएर गरिएको स्वागतलाई कतिपयले पञ्चायती शैलीको तामझाम समेत बताएका छन् भने कतिपयले राष्ट्रप्रमुखलाई यस्तो सम्मान गरिनु स्वाभाविक भएको बताएका छन् ।

राष्ट्रपतिका लागि सजाइएका फूलहरु हेर्दै राजनीतिक दलका नेता एवं सभासदहरुसमेत मख्ख परेका थिए । संविधानसभाभित्र राष्ट्रपतिले सम्बोधन गरिरहँदा बाहिरपटि्ट संसदीय सचिवालयका कर्मचारी एवं नेपाली सेनाका जवान र अधिकारीसमेत फोटो सेसनमा अल्मलिएका थिए ।

Samsad 4 Samsad Samsad-1 Samsad-2

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment