+
+
Shares

वायुसेवा निगमको ५६ वर्षे यात्रामा गौरव गर्ने ठाउँ छैन : पर्यटनमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७१ असार १७ गते १५:०९

Bhim acharya

१७ असार, काठमाडौं । पर्यटनमन्त्री भीम आचार्यले नेपाल वायुसेवा निगको ५६ वर्षे यात्रामा गौरव गर्ने ठाउँ नरहेको गुनासो गरेका छन् । हरेक वर्ष एउटा/एउटा वटा जहाज थप्दै आएको भए ५६ वटा पुग्ने बेलामा निगम जहाजविहीन जस्तै हुनु दुःखद भएको उनको भनाइ थियो ।

मंगलबार राजधानीमा आयोजित वायुसेवा निगमको ५६ औं वाषिर्कोत्सव समारोहमा मन्त्री आचार्यले भने-‘कहिले जहाजको चक्का हराउँछ, कहिले प्यासेन्जरको समान हराउँछ, कहिले के हराउँछ, कहिले के बिगि्रन्छ, यस्तो अवस्थाबाट निगम अगाडी बढ्न सक्दैन ।’ उनले वायुसेवा निगममा देखिएको गैरजिम्मेवार प्रवृत्तिलाई तत्कालै निर्ममताका साथ बदल्नुपर्ने बताए ।

वायुसेवा निगमले आन्तरिक उडानमा मात्र निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्नु परेको भन्दै मन्त्री आचार्यले केही वर्षभित्रमा अन्तर्राष्ट्रिय उडानमा पनि निजी क्षेत्रसँग प्रतिस्पर्धामा गर्नुपर्ने वाध्यत्मक स्थिति आउनेतर्फ बेलैमा सचेत हुन आग्रह गरे । ‘प्रतिस्पर्धामा उत्रिन जहाजहरु प्रयाप्त चाहिन्छ, निगमलाई अझै थप २ वटा न्यारो बडी र २ वटा वाइड बोडी जहाज आवश्यक छ’ पर्यटन तथा नागरिक उड्डयन मन्त्री आचार्यले भने-‘१५ दिनभित्रमा निगम बोर्ड सञ्चालकबाट जहाज खरिद गर्ने निर्णय गरेर प्रकृया अगाडी बढाउनुस् ।’

दुई महिनादेखि जहाज खरिद गर्ने निर्णय सञ्चालक समितिबाट गर्न आग्रह गरेपनि निगमले अटेर गरेको उनको गुनासो थियो ।

निगमले अन्तर्राष्ट्रिय उडानका लागि २०१५ मा एयरवसका २ वटा न्यारो बडी जहाज ल्याउन लागेको भन्दै उनले थप ४ वटा जहाज ल्याउनुपर्नेमा जोड दिए । उनले आन्तरिक उडान भर्ने ६ वटा एमए-६० जहाज खरिद गर्नका लागि पनि आवश्यक प्रकृया अगाडी बढाउन आग्रह गरेका छन् ।

याे पनि पढ्नुहाेस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?