Comments Add Comment

जुन महिनामा नेपाल आउने पर्यटक घटे

१७ असार, काठमाडौं । जुन महिनामा नेपाल भ्रमणमा आउने पर्यटकको संख्या सामान्य घटेको छ । अध्यागमन कार्यालयले दिएको जानकारी अनुसार अघिल्लो वर्षको जुन महिनाको तुलनामा यस जुनमा पर्यटकहरु ०.३० प्रतिशतले घटेका छन् । यसभन्दा अगाडी अपि्रल र मे महिनामा भने पर्यटक आगमन संख्या बढेको थियो ।

solukhumbu-Touristअध्यागमनका अनुसार जुन महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४१ हजार १ सय ३७ जना पर्यटक नेपाल भित्रिएका छन् । जबकी अघिल्लो वर्षको जुन महिनामा ४१ हजार २ सय ५९ पर्यटक नेपाल भित्रिएका थिए ।

सार्क तथा युरोपियन मुलुकहरुबाट पर्यटकको आगमन घटेपछि समग्र पर्यटक आगमन संख्यामा गिरावट आएको हो । अघिल्लो वर्षको जुन महिनामा सार्क राष्ट्रबाट २१ हजार ८ सय ९८ जना पर्यटक नेपाल भ्रमणमा आएकोमा यस जुनमा २१ हजार ६ सय ७१ पर्यटक नेपाल आएका छन् । जुन संख्या १.०४ प्रतिशतले कम हो ।

युरोपियन मुलुकबाट नेपाल भित्रिने पर्यटकहरु जुन महिनामा १३.२७ प्रतिशतले घटेका छन् । गत जुनमा युरोपबाट ४ हजार ५ सय ५९ पर्यटक आएकोमा यस जुनमा ३ हजार ९ सय ५४ पर्यटक नेपाल आएका छन् । युरोपबाट खासगरी बेल्जियम, स्वीट्जरल्यान्ड, इटाली, नेदरल्यान्ड, रसिया लगायतका मुलुकबाट आउने पर्यटक उल्लेख्य मात्रामा घटेका छन् ।

अन्य एशियन मुलुकबाट आउने पर्यटकको संख्या ०.४९ प्रतिशतले बढेर ७ हजार २ सय ३७ पुगेको छ । त्यस्तै, आसियन मलुकबाट १ हजार ९५ पर्यटक नेपाल भित्रिएका छन् । जुन अघिल्लो वर्ष भन्दा २०.४६ प्रतिशतले बढी हो ।

अमेरिकन मुलुकबाट ३ हजार ७ सय ९८ र अन्य मुलुकबाट ३ हजार ३ सय ८२ पर्यटक नेपाल आएका छन् । जुन संख्या क्रमशः २.५९ र १३.१५ प्रतिशतले बढी हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment