Comments Add Comment

नाई नभन्नु ल ३’ सुरु, यस्तो छ गीत(भिडियो)

nai-navannu-la-3

‘नाई नभन्नु ल’ र ‘नाई नभन्नु ल २’ हिट भएपछि निर्देशक विकास आचार्य हौसिएका छन् । यसैले उनले ‘नाई नभन्नु ल ३’ पनि बनाउनेे तयारी गरेका छन् ।

चलचित्रको आजबाट गीत रेकडिङ कार्य थालिएको छ । संगीतकार बसन्त सापकोटाले काठमाण्डौको एक स्टूडियोमा धुन सार्दै काम सुरु गरेका हुन् । चलचित्रको पहिलो कामको थालनी भएको अवसरमा पूजा पनि गरियो ।

चलचित्रमा ३ वटा गीत हुनेछन् । निर्देशक विकास आचार्यले अघिल्ला सिनेमा भन्दा यसमा अझै बेजोड गीत रहेको बताए । चलचित्रमा ‘नाई नभन्नु ल २’ का बालकलाकारद्धय अनुभव रेग्मी र सुज्ञानी भट्टराई मुख्य कलाकारको रुपमा हुनेछन् । चलचित्रलाई अर्को बर्षको सुरुवातमै प्रदर्शनमा ल्याउने योजना निर्माणपक्षको छ । चलचित्रको निर्देशन मुस्कान ढकालले गर्नेछन् । विकास आचार्य र दिनेश कुमार पोख्रेल यसका निर्माता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment